Logo
१३ बैशाख २०८१, बिहीबार
(January 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्सेमा तीन अंकको सुधार, होटल र अन्य बाहेक सबैले कमाए – तालिकासहित

काठमाडौं, २८ पुस । साताको अन्तिम कारोवार दिन आज पनि नेप्सेमा सामान्य सुधार देखिएको छ । नेप्से आज तीन दसमलव ३५ अंकले बढेर १४ सय ७९ दसमलव ८६ अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि शुन्य दसमलव ९२ अंकले बढेर तीन सय १९ दसमलव ९६ अंकमा कायम रहेको छ ।

कुल एक सय २० कम्पनीहरुको दुुई हजार चार सय ४३ वटा कारोवारमा २६ लाख ७७ हजार १३ कित्ता सेयर खरिद बिक्री भएकोमा ३२ करोड २७ लाख ४५ हजार आठ सय ८१ रुपैयाँको कारोवार भएको छ ।

नेप्सेमा आज सात वटा समुहको कारोवार भएकोमा होटल र अन्य समुहले गुुमाएकाछन भने बाँकी पाँच समुहले कमाएकाछन । उच्च अंकले बढेको बीमा समुहको सुचक नौ दमसलव २३ अंकले बढेर छ हजार नौ सय ३४ दसमलव ८० अंकमा कायम रहेकोमा छ करोड ६१ लाख ३२ हजार चार सय रुपैयाँको कारोवार भएको छ ।

जलबिद्युुत समुहको सुचक नौ दसमलव ९२ अंकले बढेर १७ सय ४७ दसमलव २२ अंकमा कायम रहेकोमा ९५  लाख ५६ हजार तीन सय रुपैयाँको कारोवार भएको छ ।

बाँणिज्य बैंक समुहको सुचक पाँच दसमलव ९३ अंकले बढेर १४ सय १८ दसमलव २० अंकमा कायम रहेकोमा १४ करोड ९९ लाख ५३ हजार रुपैयाँको कारोवार भएको छ । सामान्य अंकले बढेको बिकास समुहको भने आज दुुई करोड १८ लाख ३१ हजार पाँच सय रुपैयाँको कारोवार भएको छ ।

फाईनान्स समुहको सुचक पनि आज सामान्य अंकले बढेको छ । आज सबैभन्दा बढी कमाउने कम्पनीको सुचीमा खानीखोला हाईड्रो पावर कम्पनी परेको छ भने गुुमाउने कम्पनीको सुचीमा कर्णाली बिकास बैंक अग्रस्थानमा परेको छ । यसैगरी रकम कारोवारका आधारमा भने आज सिद्धार्थ लगानी बृद्धि योजना—१ अग्रस्थानमा परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य  बढेको मुल्य
खानी खोला हाईड्रो पावर कम्पनी ३५३  ९.९७
ग्रिन डेभलपमेन्ट बैंक ५३३ ८.३३
लक्ष्मी बैंक ७६३ ८.२३
ललितपुर फाईनान्स १७३  ५.४९
अरुण फाईनान्स १८९  ५

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य घटेको मुल्य
कर्णाली बिकास बैंक ३२७ ९.४७
मञ्जुु श्री फाईनान्स १७७ ४.८३
एनबी इन्स्योेरेन्स कम्पनी १००७  ४.३६
जनउत्थान सामुुदायिक लघुबित्त १७३० ३.८८
हाम्रो बिकास बैंक ४०० ३.८४

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको रकम अन्तिम मुल्य
सिद्धार्थ लगानी बृद्धि योजना—१ ४९४८३२३७.५० २३
 लक्ष्मी बैंक ३७७९६५८६७ ७६५
सिद्धार्थ बैंक १७७१३ १६१ ९९५
नेपाल लाईफ इन्स्योरेन्स कम्पनी १६७९५३२० २८४०
सिभिल बैंक (संस्थापक) १४६२६०३५ १३५

 

प्रकाशित मिति: Jan 12, 2017

प्रतिक्रिया दिनुहोस्