Logo
७ बैशाख २०८१, शुक्रबार
(January 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाँच नम्बर टुक्राउने प्रचण्डले थाले अर्को तयारी !

काठमाडौं, २७ पुस । मिलेर बसेको पहाड, तराई मिश्रित पाँच नम्बर प्रदेशलाई टुक्राउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरी अर्को खतरनाक खेल रचेका छन् । एमाले सहितका नौं दलको सहमती बिना जवरजस्त संशोधन विद्येयक संसदमा घुसाएका प्रचण्डले राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई उपप्रधानमन्त्री बनाएर सर्मथन जुटाई, पाँच नम्बर प्रदेश टुक्राउने खेल रचेका हुन ।

संसदमा प्रस्तुत गरिएको संविधान संशोधन विधेयक जसरीपनि पारित गराउने रणनीतिअनुरुप प्रधानमन्त्री दाहालले थापा र गच्छदारलाई सरकारमा सहभागी हुन यस्तो आग्रह गरेको उच्च स्रोत बताउछ । एकतापछि संसदमा राप्रपाको ३७ सीट छ भने फोरम लोकतान्त्रिकको १४ सीट छ । संविधान संशोधन विधेयक पारित गराउन सरकारलाई दुईतिहाई मत आवश्यक छ ।

तर, अहिलेको अवस्थामा प्रमुख प्रतिपक्षी एमालेसहितका विपक्षी गठबन्धनसँग स्पष्ट एक तिहाइ मत रहेको बताइन्छ । जून संशोधन विधेयक पारित नहुने आधार हो । संशोधन विधेयक पारित गर्न एक महिनासम्म प्रक्रिया चल्ने भएपछि यो बीचमा प्रचण्डले सांसद किनबेचका रुपमा लिन थालेका हुन ।

यसरी थापा र गच्छदार सरकारमा गए पाँच नम्बर छुटिने निश्चित बनेको स्रोतको दावी छ । पाँच नम्बर विरोधीलाई फुटाएर प्रचण्डले रचेको उक्त खेल कत्तिको सफल हुने हो हेर्न बाँकीनै छ ।

प्रकाशित मिति: Jan 11, 2017

प्रतिक्रिया दिनुहोस्