Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्सेमा सामान्य गिरावट, ३६ करोड २५ लाखको कारोवार – तालिकासहित

काठमाडौं, २७ पुस । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से आज भने सामान्य अंकले घटेको छ । नेप्से आज शुन्य दसमलव ३९ अंकले घटेर १४ सय ७६ दसमलव ५१ अंकमा कायम रहेको छ ।

नेप्से सेन्सिटिभ स्थिर रहेर तीन सय १९ कै बिन्दुमा कायम रहेको छ । कुुल एक सय २० कम्पनीहरुको दुुई हजार छ सय १३ वटा कारोवारमा ४५ लाख ६० हजार नौ सय ३१ कित्ता सेयर खरिद बिक्री भएकोमा ३६ करोड २५ लाख ५५ हजार नौ सय ५७ रुपैयाँको कारोवार भएको छ ।

आज कुुल सात वटा समुुहको कारोवार भएकोमा तीन वटा समुुहको कारोवार घटेर चार वटा समुहको कारोवार बढेको छ । सबैभन्दा उच्च अंकले बढेको बीमा समुहको सुचक ११ दसमलव आठ अंकले बढेर सात सय नौ दसमलव ६१ अंकमा कायम रहेकोमा ३५ लाख ९८ हजार एक सय ६० रुपैयाँको कारोवार भएको छ ।

होटल समुहको सुचक सात दसमलव सात अंकले बढेर १८ सय ९५ दसमलव ८४ अंंकमा कायम रहेकोमा १२ लाख १६ हजार पाँच सय ५० रुपैयाँको कारोवार भएको छ । बाँणिज्य बैक समुहको सुचक दुुई दसमलव ३४ अंकले बढेर १४ सय १२ दसमलव २७ अंकमा कायम रहेकोमा १५ करोड ९१ लाख ३६ हजार रुपैयाँको कारोवार भएको छ ।

अन्य समुहको सुचक आज सामान्य अंकले बढेको छ भने बीमा समुहको सुचक सबैभन्दा उच्च अंकले घटेको छ । उक्त समुहको सुचक ५० दसमलव २३ अंकले बटेर छ हजार नौ सय २५ दसमलव ५७ अंकमा कायम रहेकोमा आठ करोड दुुई लाख ४८ हजार दुुई सय रुपैयाँको कारोवार भएको छ । जलबिद्युुत र बिकास बैक समुहको सुचक पनि आज क्रमश १२ दसमलव २५ अंक र नौ दसममलव सात अंकले घटेको छ ।

आज सबैभन्दा बढी कमाउने कम्पनीको सुचीमा सहयोगी बिकास बैक परेको छ भने गुुमाउने कम्पनीमा एनबी इन्स्योरेन्स कम्पनी परेको छ । यसैगरी रकम कारोवारका आधारमा आज नविल ब्यालेन्स फन्ड १ अग्रस्थानमा परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य बढेको मुल्य
सहयोगी बिकास बैंक ३५६  ९.८८
कर्णाली बिकास बैंक ३५९ ९.७९
जेविल्स फाईनान्स २०० ५.१५
राष्ट्रिय बीमा कमपनी (संस्थापक)  १०००० ३.९३
हिमालयन जनरल इन्स्योरेन्स १३५६ ३.५१

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य घटेको मुल्य
एनबी इन्स्योरेन्स कम्पनी १०५३ ६.२३
 रिडी हाईड्रो पावर कम्पनी २१८ ४.३८
भार्गभ बिकास बैंक ३७६ ४.३२
पुर्णिमा बिकास बैंक ३२२ ४.१६
रिलावल माईक्रो फाईनान्स १२११ ३.८८

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको रकम अन्तिम मुल्य
नविल व्यालेन्स फन्ड—१  ४७४९२५६९.७४ १९.५०
नेपाल लाईफ इन्स्योरेन्स २३६२०९२९ २८५०
एभरेष्ट बैंक २३३२६२९२ १९२५
 एनएमबी सुलभ फन्ड—१ १९७३२२४३.४५ १२.१५
प्राईम कर्मसियल बैंक १४१२४१५७  ५१०

 

प्रकाशित मिति: Jan 11, 2017

प्रतिक्रिया दिनुहोस्