Logo
१३ बैशाख २०८१, बिहीबार
(January 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेले सरकारलाई पुर्ण साथ दिन्छ : अध्यक्ष ओली

दमक, २७ पुस । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संशोधन विधेयक फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन लागे एमालेले सरकारलाई साथ दिने बताएका छन् । उनले संविधान संशोधन विधेयक संसद्मा लुकेर दर्ता गरिए पनि त्यो कुनै हालतमा पारित हुन नसक्ने दोहो¥याए । संशोधन विधेयक देश र जनताका हितविरुद्ध तथा केही मधेसी नेताको हितमा ल्याइएको उनको विचार थियो ।

ओलीले वर्तमान सरकार निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की प्रकरणमा जस्तै आलोचित भएको टिप्पणी गरेका छन् । नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसको अपवित्र गठबन्धनबाट बनेको सरकारको गठन प्रक्रिया नै गलत ढङ्गले भएकाले त्यसको परिणाम अहिले देशवासीले भोग्नु परेको उनको भनाइ थियो । उनले सरकारको योग्यता नै निलम्बित अख्तियार प्रमुख लोकमानजस्तै अपुग भएको तुलना गरे ।

बुधबार झापाको दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकारसम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यो सरकारले राष्ट्रको हितको पक्षमा काम गर्न नसक्ने ठोकुवा गरे । लोकमान जसरी नाङ्गिए त्यसरी नै यो सरकार जनताका बीच आफँै नाङ्गिँदै गएको उनको जिकिर थियो ।

वर्तमान सरकारले संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने उल्लेख गर्दै उनले भने, “सरकारको अहिलेसम्मको गतिविधि निर्वाचन गराउनु सट्टा संविधान संशोधनको बहानामा अल्झिएर देशलाई द्वन्द्वमा धकेल्न मात्र उद्यत भएको आरोप लगाए ।

प्रकाशित मिति: Jan 11, 2017

प्रतिक्रिया दिनुहोस्