Logo
८ बैशाख २०८१, शनिबार
(January 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पृथ्वीजयन्ती : कतै समर्थनमा, कतै विरोधमा कार्यक्रम

काठमाडौं, २७  पुस   । पृथ्वीजयन्तीमा सरकारले विदा नदिएको विषयमा बहस भयो । बहसमात्र होइन, आज पृथ्वीजयन्तीको समर्थन र विरोधमा कार्यक्रम हुँदैछन् ।

पृथ्वीजयन्तीको समर्थनमा राप्रपाले आज दिउँसो १ बजेदेखि चार बजेसम्म भृकुटीमण्डपमा चियापान आयोजना गरेको छ । सिंहदरवार गेट अगाडि आज एकता दिवस पनि मनाइँदै छ ।

आदीबासी–जनजातीले पृथ्वीजयन्तीको विरोधमा दिउँसो १ बजे विरोध कार्यक्रम आयोजना गरेका छन् । पृथ्वीजयन्तीमा दिउँसो २ बजे प्रज्ञाभवनमा कार्यक्रम छ ।

प्रकाशित मिति: Jan 11, 2017

प्रतिक्रिया दिनुहोस्