Logo
१३ बैशाख २०८१, बिहीबार
(January 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्से १७ अंकले बढ्यो, ३७ करोडको सेयर कारोवार – तालिका सहित

काठमाडौं, २६ पुस । नेप्सेमा आज भने उच्च बृदि देखिएको छ । अघिल्लो दिन छ अंकले मात्र बढेको नेप्से आज १७ दसमलव ९३ अंकले बढेर १४ सय ७६ दसमलव ९० अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि तीन दसमलव ७८ अंकले बढेर तीन सय १९ दसमलव चार अंकमा कायम रहेको छ ।

कुल एक सय २६ कम्पनीहरुको दुुई हजार सात सय २६ वटा कारोवारमा पाँच लाख ८७ हजार छ सय दुुई कित्ता सेयर खरिद बिक्री भएकोमा ३७ करोड ३२ लाख ४५ हजार छ सय एक रुपैयाँको कारोवार भएको छ ।

आज कुुल आठ वटा समुहको कारोवार भएकोमा होटल र अन्य समुहको कारोवार घटेर बाँकी समुहको कारोवार बढेको छ । उच्च अंकले बढेको बीमा समुहको सुचक एक सय ६८ दसमलव ८४ अंकले बढेर छ हजार नौ सय ७५ दसमलव ८० अंकमा कायम रहेकोमा १४ करोड २८ लाख ३७ हजार रुपैयाँको कारोवार भएको छ ।

बाँणिज्य बैक समुहको सुचक १८ दसमलव ९३ अंकले बढेर १४ सय नौ दसमलव ९३ अंकमा कायम रहेकोमा १४ करोड आठ लाख ६५ हजार रुपैयाँको कारोवार भएको छ  । बिकास बैक समुहको सुचक पनि आज १० दसमलव २१ अंकले बढेर १५ सय २७ दसमलव ९३ अंकमा कायम रहेकोमा पाँच करोड ८८ लाख ८४ हजार चार सय रुपैयाँको कारोवार भएको छ ।

जलबिद्युुत समुहको सुचक २० दसमलव ८९ अंकले बढेर १७ सय ४९ दसमलव ५५ अंकमा कायम रहेकोमा ६३ लाख २७ हजार सात सय २० रुपैयाँको कारोवार भएको छ ।

फाईनान्स र उत्पादमुुलक समुहको सुचक भने आज सामान्य अंकले मात्र बढेको छ । आज बढी कमाउने कम्पनीको सुचीमा एनबी इन्स्योरेन्स कम्पनी परेको छ भने गुुमाउने कम्पनीको सुचीमा महालक्ष्मी बिकास बैंक परेको छ । यसैगरी रकम कारोवारका आधारमा पनि आज एनबी इन्स्योेरेन्स कम्पनी नै अग्रस्थानमा परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य बढेको मुल्य
एनबी इन्स्योेरेन्स कम्पनी ११२३ ९.९९
कर्णाली बिकास बैंक ३२७ ९.७३
पोखरा फाईनान्स २४५ ८.८९
नेपाल ग्रामिण बिकास बैंक ५३०  ७.५१
नेपाल इन्स्योरेन्स कम्पनी  ५३० ७.५१

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य घटेको मुल्य
महालक्ष्मी बिकास बैंक २८४ ७.१८
पुर्णिमा बिकास बैंक ३३६ ७.१८
माउन्ट मकालुु डेभलपमेन्ट बैंक  ६४२  ४.८८
मिथिला लघुबित्त बिकास बैंक ९०१ ३.७४
राष्ट्रिय बीमा कम्पनी १११७२

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको रकम अन्तिम मुल्य
एनबी इन्स्योरेन्स कम्पनी  ४७३७४५८० ११२३
नेपाल लाईफ इन्स्योरेन्स कम्पनी ३४१७२३४४ २८८०
प्राईम कर्मसियल बैंक २००११८१९ ५१४
महालक्ष्मी बिकास बैंक १९९५२६२३ २८४
 मेगा बैैंक १५११५१६४  ४९७

 

प्रकाशित मिति: Jan 10, 2017

प्रतिक्रिया दिनुहोस्