Logo
१३ बैशाख २०८१, बिहीबार
(January 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतका एक BSF जवानको भिडियोले भारतमा हंगामा (भिडियो)

एजेन्सी,नया दिल्ली  । सीमा सुरक्षा बल (बीएसएफ) का जवान तेज बहादुर यादवले आफ्नो फेसबुकमा थुप्रै भिडियो पोष्ट गरेर जवानले पाउने खानाको गुणस्तरमाथि औंला उठाउँदै वरिष्ठ अधिकारीलाई विभिन्न आरोप लगाएका छन् ।

यादवका अनुसार जवानले पाउनुपर्ने सामान वरिष्ठ अधिकारीले बजारमा बेचिरहेका छन् । उनले पोष्ट गरेका थुप्रै भिडियोमध्ये एउटा भिडियोलाई एक लाखभन्दा बढि पटक सेयर गरिएको छ भने २४ घण्टाभित्र १७ लाख पटक हेरिएको छ ।

एक अन्य भिडियोमा जवानले डढेको रोटी देखाउँदै प्रश्न गर्छन्, ‘यस्तो खाना खाएर जवानले सीमामा ड्युटी गर्न सक्छ ?’ यादवले लगाएको उक्त आरोपमाथि गृह मन्त्री राजनाथ सिंहले रिपोर्ट माग गरेका छन् ।

राजनाथले ट्वीट गर्दै आफूले बीएसएफ जवानले पोष्ट गरेको भिडियो हेरेको र गृह सचिवलाई बीएसएफसँग यसबारे रिपोर्ट माग गर्न र उचित कारवाही गर्नका लागि आदेश दिएको बताएका छन् ।

प्रकाशित मिति: Jan 10, 2017

प्रतिक्रिया दिनुहोस्