Logo
२३ मंसिर २०७९, शुक्रबार
(January 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखराको लेकसाइडमा एक संगीतकर्मी युवाको पीडा

काठमाडौं । निर्देशक राजु अधिकारीले निर्देशन गरेको फिल्म ‘लेकसाइड’ २८ माघबाट रिलिज हुने भएको छ ।

पर्यटकीय नगरी पोखराको लेकसाइडमा एउटा युवक संगीत क्षेत्रमा लागेपछि भोग्नुपरेको विविध पीडालाई प्रस्तुत गरिएको फिल्ममा नीता ढुंगाना र जीवन लुँइटेल प्रमुख भूमिकामा छन् । फिल्ममा दीपक ढकाल र एन्जल ढुंगानालगायतको पनि अभिनय छ ।

आशुतोष फिल्म्स प्रोडक्शन र चन्द्रज्योती फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्ममा एञ्जल ढुंगानाको लगानी छ ।

इन्दिरा तिवारी ढुंगाना कार्यकारी निर्माता रहेको फिल्ममा मौनता श्रेष्ठको पटकथा तथा संवाद, पवन गौतमको छायांकन र तारा थापा किम्भेको सम्पादन छ ।

प्रकाशित मिति: Jan 9, 2017

प्रतिक्रिया दिनुहोस्