Logo
१२ बैशाख २०८१, बुधबार
(January 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपचारका लागि भारत पुगेकी महिलाको गुप्ताङमा काठको बेल्ना फेला

 

बिदेशी मिडियामा आयो तर नेपालीले थाहै पाएनन  ! #तस्विर सौजन्य: कवर एसिया प्रेस

काठमाडौं, २५ पुस । नेपालकै एकजना महिलाको अवस्था बिदेशी मिडियामा प्रचारित भइरहदा नेपालका मिडियाले कुनै सुइको सम्म नपाएको रहस्य खुलेको छ । ३८ बर्षीया एक नेपाली महिलाले बच्चा नपाएकै कारण आफ्ना श्रीमानबाट क्रुर आक्रमणको शिकार भई भारतका अस्पतालमा पुगेकी हुन ।

बेलायती मिडिया डेली मेल र भारतिय पत्रिका दटेलिग्राफका अनुसार नेपालको पश्चिमी सिमाना नजिकै भारतको उत्तराखण्डस्थित एक सरकारी अस्पतालमा भर्ना भएकी नेपाली महिलाको गुप्ताङमा रोटी पकाउने काठको बेल्ना फेला परेको छ । डाक्टरलाई समेत आश्चार्यचकित बनाउने यो घटनाका सर्जक अर्थात उनको शरीरमा बेल्ना घुसार्ने अरु कोही नभएर ती महिलाका आफ्नै पति हुन् । उक्त घटनाबारे यतिबेला बेलायत लगायत विश्वका अधिकांश सञ्चारमाध्यमले समाचार बनाएका छन् ।

तर, नेपालबाट उपचारका लागि भारत पुगेको यो जोडी नेपालको कुन जिल्लाबासी हो भन्नेसम्म समाचारमा खुलाइएको छैन । उनीहरु भारतमै रहेका नेपाली मुलका दम्पति हुन् या नेपालको कुनै जिल्लाबाट गएका हुन् भन्ने स्पष्ट हुन सकेको छैन । अन्तरराष्ट्रिय सञ्चारमाध्यमले नेपालबाट उपचारका लागि भारत पुगेको दाबी गरेका छन् । यो दर्दनाक कथा हो एक नेपाली जोडी भएता पनि भारतको उत्तराखण्डस्थित सुशीला तिवारी सरकारी शिक्षण अस्पतालमा पुगेपछिमात्रै बाहिर आयो । र, यो विश्वभर समाचारको विषय बन्यो ।

समाचारमा भनिए अनुसार अन्धविश्वास र महिलाहिंसाको यो चरम नमूना अन्त कतैको नभएर नेपालकै हो । सामान्यतः यो स्थितिमा महिलाको मृत्यु हुने भए पनि यी महिला बहादुर रहेको र मृत्युको मुखबाट बाँच्न सफल भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । बेलायती मिडिया डेलीमेलका अनुसार गत डिसेम्बर २४ को साँझ पीडित महिलालाई इन्तु न चिन्तुको अवस्थामा अस्पताल पुर्‍याइएको थियो ।

क्रिसमस इभको साँझ पेटमा पीडा भएको र सुन्निएको अवस्थामा उनलाई अस्पताल भर्ना गरिएको थियो । त्यसको तीन दिनअघि उनका पतिले सन्तान दिन नसकेको भन्दै ४० सेन्टिमिटरको ‘बेल्ना’ले पत्नीको संवेनदशील अंगमा आक्रमण गरेका थिए । उनले गुप्ताङ्गभित्रै बेल्ना छिराइदिएका थिए । र, यसबारे कसैसँग कुरा गरे मारिदिने धम्कीसमेत दिएका थिए ।

पेट दुखेको र सुन्निएको भनेर भारतिय अस्पतालमा भर्ना भएकी उनको एक्स रे परीक्षणमा केही देखिएन । लगत्तै ५ सदस्यीय डाक्टरको टोलीले उनको योनीभित्र ४० सेन्टिमिटरको बेल्ना फेला पार्‍यो । उपचारका लागि उनलाई तिनै क्रुर पतिले अस्पताल पुर्‍याएका थिए । अस्पतालका सर्जन डा. केदारसिंह शाहीले भने, ‘हामी निक्कै अचम्भित भयौं । हामीले यस्तो अनुमानै गरेका थिएनौं,

सर्जन शाहीे भने, ‘हामीले एक्स रेमा केही छायाँ देखेका थियौं, तर काठलाई एक्स रेबाट पहिचान गर्न सकिँदैनथ्यो ।’‘उनको भित्री अंग यति क्षत-विक्षत भएको थियो कि यसबाट उनको मृत्यु नै हुनसक्थ्यो ।’ अस्पतालले भारतीय प्रहरी र त्यहाँको राष्ट्रिय महिला आयोगलाई सूचित गरेपछि दुवै संस्थाका प्रतिनिधि अस्पतालमा आए । तर, उनीहरुसँग कुरा गर्न महिलाले संकोच मानिरहेकी थिइन् ।

अस्पतालका सर्जन शाहीले भने, ‘उनी कमजोर अंग सेप्टिसिमिया नराम्रोसँग क्षतविक्षत रहेको अवस्थामा अस्पताल आइपुगेकी थिइन् ।’ ‘उनको जीवन गम्भीर खतरामा थियो, तर अहिले उनलाई राम्रो भएको छ र उनको द्रुत गतिमा ठीक भइरहेकी छन् । डा. शाहीले भने- ‘उनी निक्कै बहादुर महिला हुन् ।’

भारतीय महिला आयोगकी उपाध्यक्ष अमिता लोखानी भन्छिन्, ‘मलाई अपरेसनको एक दिनपछि जानकारी आएको थियो । ‘जतिवेला मैले अस्पताल पुगेर उनलाई भेटेँ उनको अवस्था भयानक थियो ।’ लोखानीले भनिन्, ‘उनी पीडामा त थिइन् नै, अरुसँग कुरा गर्न पनि डराइरहेकी थिइन् ।’ ‘मैले उनलाई सोधेँ कि के भएको थियो, तर उनी केही बोल्न सकिनन् र भक्कानिएर रुन थालिन् ।’

नैनीताल पुलिसका सिनियर सुपरिटेन्डेन्ट जनमेजाया खान्दुरीका अनुसार पीडितका पतिलाई बलात्कार र शारीरिक नोक्सानीको आरोपमा पक्राउ गरी कारबाही सुरु गरिएको छ । महिलालाई अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ । अर्को साता उनी अस्पतालबाट डिस्चार्ज हुनेछिन् । तर, उनलाई राष्ट्रिय महिला आयोगले परामर्श भने दिइरहने छ ।

प्रकाशित मिति: Jan 8, 2017

प्रतिक्रिया दिनुहोस्