Logo
७ बैशाख २०८१, शुक्रबार
(January 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुप्तचरको दावी: ‘ट्रम्पलाई राष्ट्रपति बनाउन पुटिनको हात’

वसिङटन । गत वर्षको नोभेम्बरमा सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवार डोनाल्ड ट्रम्पलाई जिताउन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको अमेरिकी गुप्तचर विभागको निष्कर्ष छ । अमेरिकी गुप्तचर विभागले शुक्रबार प्रतिवेदनको निष्कर्ष बुझाउँदै यस्तो दाबी गरेको हो ।

उक्त प्रतिवेदनले उम्मेदवार हिलारी क्लिन्टनलाई हराउन निर्वाचन प्रक्रिया नै प्रभावित हुने गरी ट्रम्पको पक्षमा राष्ट्रपति पुटिनले विस्तृत साइबर अभियान नै चलाउन आदेश दिएको खुलासा गरेको छ । अमेरिकी गुप्तचर निकायका प्रमुखले नवनिर्वाचित राष्ट्रपति ट्रम्प, ह्वाइट हाउस तथा अमेरिकी कंग्रेसलाई भेटेर आफ्ना निष्कर्ष प्रस्तुत गर्दै सो प्रतिवेदन गत शुक्रबार औपचारिक रुपमा हस्तान्तरण गरेपश्चात् उक्त प्रतिवेदनको केही अंश सार्वजनिक गरिएको हो ।

मूल प्रतिवेदनमा रुसले कहाँबाट, के, कसरी साइबर अभियान चलाई निर्वाचनलाई प्रभावित बनाएको हो सो सबैको विस्तृत विवरण उल्लेख गरिएको बताइएको छ । यस अतिरिक्त, सो प्रतिवेदनमा क्रेमलिनले स्पष्टरुपमा ट्रम्पलाई अमेरिकी राष्ट्रपतिको पदमा आसिन हुन रुचाएको, प्रजातन्त्रप्रति अमेरिकी जनताको विश्वासमा ठेस पु¥याउनु, हिलारी क्लिन्टनलाई घात गरी उनको बदनाम गर्नु, उनको विजयी हुने सम्भावनामा वाधा सिर्जना गर्नु इत्यादि रुसको उद्देश्य रहेको पनि उल्लेखित छ ।

अनगिन्ती पृष्ठसंख्या रहेको विस्तृत प्रतिवेदन भने अझसम्म सार्वजनिक भएको छैन । हाल सार्वजनिक भएको खबर मूल प्रतिवेदनको एक अंश मात्र हो । गुप्तचर विभागको अनुसन्धानको निष्कर्षमा टिप्पणी गर्दै नवनिर्वाचित राष्ट्रपति ट्रम्पले जनताको मतमाथि खेलवाड गर्न चाहेको बताएका छन् । उनले निर्वाचन रुस वा अरुको कसैको हात नरहेको र निर्वाचन परिणाम पनि प्रभावित नभएको बताएका छन् ।

यसअघि पनि अमेरिकी अधिकारीले डेमोक्र्याटिक पार्टीका इमेलहरु ह्याक हुनुका पछाडि रुसको हात रहेको, त्यसको मुख्य उद्देश्य हिलारी क्लिन्टनलाई विफल तुल्याउनु हो भनी बारम्बार ओबामा प्रशासनलाई सजग तुल्याइरहेका थिए । रुसी ह्याकिङबारे अमेरिकी गुप्तचर निकायले प्रस्तुत गरेका मौखिक वा लिखित प्रतिवेदनउपर  विजयी हुनुभएपछि ट्रम्पले प्रश्न उठाउँदै आएका थिए ।

त्यस्तै, अमेरिकी गुप्तचर निकायका प्रमुखहरुले अमेरिकी प्रशासन अब पनि मौन बस्ने हो भने अमेरिका वा विशेषतःअमेरिकी मित्रराष्ट्रका भविष्यमा आउने कुनै पनि महत्वपूर्ण गतिविधि वा घटनालाई रुस वा विश्वका अन्य कुनै पनि मुलुकले यसैगरी ह्याकिङ् गरी आफूले चाहेजस्तो मोडमा पु¥याइ त्यसबाट लाभ उठाउन सक्ने बताएका छन् । यस्तो क्रियाकलापले अमेरिका वा अमेरिकी मित्रराष्ट्रलाई जहिले पनि आघात हुन सक्छ भनी सचेत गराएका छन् ।

प्रकाशित मिति: Jan 8, 2017

प्रतिक्रिया दिनुहोस्