Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७१९ स्थानीय तह, ४ महानगर र १२ उपमहानगरको निर्धारण

काठमाडौं, २२ पुस।  स्थानीय तह पुनर्संरचनाका लागि बनेको आयोगले स्थानीय तह ७१९ रहने गरी प्रतिवेदन तयार पारेको छ । महानगर ४, उपमहानगर १२, नगरपालिका २४१ र ४६२ गाउँपालिका प्रस्ताव गरिएको छ । काठमाडौं, ललितपुर, चितवन र पोखरा महानगर बनाउन प्रस्ताव गरिएको छ ।

स्थानीय तह पुनर्संरचना आयोगले ७१९ वटा स्थानीय तहको निर्धारण गरेको हो । यसअघि ३ हजार बढी स्थानीय निकायहरु थिए । आयोगले शुक्रबार सरकारलाई स्थानीय तहको प्रतिवेदन बुझाएको हो । प्रतिवेदन अनुसार महानगरपालिका ४, उपमहानगर १२, नगरपालिका २ सय ४१ र गाउँपालिका ४ सय ६२ वटा रहनेछन् ।

आयोगले विराटनगर, जनकपुर, हेटौंडा, गढिमाई सिम्रौनगढ, वीरगञ्ज, इटही, धरान, बुटवल, तुल्सीपुर, घोराही, टिकापुर र नेपालगञ्ज उपमहानगर बनाउन प्रस्ताव गरेको छ ।

आयोग अध्यक्ष बालानन्द पौडेलले प्रधानमन्त्री र अन्य मन्त्रीहरुको उपस्थितिमा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई प्रतिवेदन बुझाएका हुन् । काठमाडौं, ललितपुर, चितवन र पोखरा महानगर बनाउन प्रस्ताव आयोगले गरेको छ ।

आयोगले महानगर प्रस्ताव गरेकामध्ये चितवनमा साविकको भरतपुर उपमहानगरपालिका र रत्ननगर नगरपालिका जोड्ने तथा कास्कीमा साविकको पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिका जोडिनेछ ।

आयोगले पुस पहिलो साता नै प्रतिवेदन बुझाउन चाहेको थियो । तर, प्रधानमन्त्रीले समय दिएका थिएनन् । तर, मन्त्रिपरिषदको बिहीबारको बैठकले प्रतिवेदन बुझ्ने निर्णय गगरेको छ ।

प्रकाशित मिति: Jan 6, 2017

प्रतिक्रिया दिनुहोस्