Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान संशोधन कुनै हालतमा पास हुदैन: ओली

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन कुनै हालतमा पास हुन नदिने बताएका छन् । राजधानीमा आयोजित विपक्षी दलको सभालाई संवोधन गर्दै अध्यक्ष ओलीले संविधान संशोधन पास गर्दा मुलुकको नोक्सानी हुने बताए ।

यसअघि सिपि मैनाली, बिश्वेन्द्र पासवान, चित्रबहादुर केसी लगायतका नेताहरुले बोली सकेका छन ।  कार्यक्रममा ओलीले भने भने, ‘ कौडा खेल्दा कौडाको हैन सम्पत्तिको नोक्सन हुन्छ, तास खेल्दा जित्नेले तासको पत्ता हैन सम्पत्ति, पैसा नै लान्छ । ’

ओलीले संविधान स्विकार नर्गेहरुले चुनाव हुन दिन्नौै भनेको भन्दै व्यंग गरे । उनले यो बिधेयक पास भए नेपाल अखण्ड रहन नसक्ने समेत दावी गरे ।

अध्यक्ष ओलीले सरकार आयु लम्ब्याउन लागेको आरोप लगाएका हुन् । काठमाडौंमा बिहीबार एमालेसहित विपक्षी दलहरुले आयोजना गरेको विरोध प्रदर्शनमा सम्बोधन गर्दै ओलीले सरकार संविधान कार्यान्वयन, निर्वाचन गर्नतिर भन्दा आयु लम्ब्याउन लागिपरहेको आरोप लगाए । उनले विभिन्न तहको निर्वाचन गर्नका लागि ११ महिनाभन्दा बढी समय नभएको भन्दै त्यसभित्र निर्वाचन गर्न नसकेमा संवैधानिक संकट निम्तिने बताए ।

अध्यक्ष ओलीले सरकारले निर्वाचन गर्नतिरभन्दा कुनै सरोकार नभएको विषय संविधान संशोधन अगाडि बढाउन लागेको बताए । उनले भने, ‘संशोधन कुनै सकारोकार नभएको विषय हो, संशोधनले निर्वाचनलाई कतै सहयोग पुर्‍याउँदैन ।’  हिजो संविधान जारी गर्न नदिने, संविधान, जलाउनेहरु च्यात्नेहरुहरुले फेरि देशलाई अप्ठेरोमा पार्न खोजिरहेको आरोप लगाए ।

मधेस केन्द्रित दलहरुप्रति इंगित गर्दै उनले भने, ‘देशलाई प्रहार गर्ने, सार्वभौमसत्तामाथि प्रहार गर्ने अत्यन्तै गम्भीर षड्यन्त्र भइरहेको छ ।’ उनले सरकारले ल्याएको संविधान संशोधन विधेयक राष्ट्रहित विपरीत रहेको भनाइ दोहोर्‍याए । त्यो प्रस्ताव संसदबाट पारित हुन नदिने भन्दै यसको विरोधमा देशभर जागरण पैदा गर्ने उनले बताए ।

 

 

प्रकाशित मिति: Jan 6, 2017

प्रतिक्रिया दिनुहोस्