Logo
१५ चैत्र २०८०, बिहीबार
(January 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धोती लगाएर सत्तामा बस्नेहरु धेरै कराउँदैछन् : पासवान

काठमाडौँ, २२ पुस  । एमालेलगायत नौ दलले सरकारले ल्याएको संविधान संशोधनको विरोधमा राजधानीमा शक्ति प्रदर्शन गरेको छ । शक्ति प्रदर्शन कार्यक्रममा आफ्नो धारणा राख्दै दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले भने, संविधान जारी हुँदैन भन्दै थियो तर तीन दलको सम्झदारीमा आयो, सत्ता लम्ब्याउन प्रचण्ड लाग्नुभएको छ तर एक दुई दिनपछि सिधिदैछन् ।

पासवानले भने, हामी अखण्ड नेपाल चाहन्छौ, विखण्डन चाहँदैनौ, प्रचण्डले अरुको इशारामा खुट्टा कमाइरहेका छन्, अतिवादको जालमा शेरबहादुर, पशुपति शम्शेर राणा र प्रचण्ड फँसेका छन् , धोती लगाएर सत्तामा बस्नेहरु विभेद भयो भनेर धेरै कराउँदैछन्, धोती लगाएर कराउने र टोपी लगाएर कराउनेहरु एक छन् ।

प्रकाशित मिति: Jan 6, 2017

प्रतिक्रिया दिनुहोस्