Logo
१५ चैत्र २०८०, बिहीबार
(January 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पिंगलास्थान क्षेत्रबाट ठूलो परिणाममा अवैध सुन बरामद

काठमाडौं, २१ पुस । नेपाल प्रहरी अन्तरगतका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंको पिंगलास्थानबाट ठूलो परिणाममा अवैध सुन बरामद गरेको छ ।

ब्यूरो प्रमुख नवराज सिलवालले खबरको पुष्टि गरेपनि केहि समयपछि बिस्तृप्त जानकारी गराउने बताए । ब्यूरो श्रोतका अनुसार पत्रकार सम्मेलन गरेर नै सम्पुर्ण जानकारी गराइने छन भने उक्त सर्वाजनिककरणबाट ठूलो पर्दाफास हुने छन ।

एसपी मिरा चौधरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ट्याक्सीबाट सो सुन बरामद गरेको हो । प्रहरीले दिलबन्धु थापा र सन्तोष काफ्ले र गोपाल बहादुर शाहीलाई पक्राउ गरेको छ ।

ब्यूरो श्रोतका अनुसार दुईबबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै पिंगलास्थानसम्म पुर्याइएको सुन सिआईबीले सुराकीको आधारमा पक्राउ गरेको हो ।

सो सुन करीब ३० किलो रहेको अनुमान गरिएको छ भने सुन अहिले महानगरीय प्रहरी बृत्त गौशालामा लगेर पत्रकारको रोहबरमा खोल्ने काम भइरहेको छ ।

युएइबाट नेपाल आएका एक युवकको साथबाट प्रहरीले ३०किलो सुन बरामद गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले एयर अरेवियाको जहाजबाट युएइ हुदैँ काठमाडौं आएका गोपाल बहादुर शाहीको साथबाट सो सुन बरामद गरेको डिआइजी सिलवालले जानकारी दिए।

विमानस्थलको सुरक्षा जाँच पार पारेर शाही निस्कन लाग्दा सुन बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका शाहीले विमानस्थलका अधिकारीको सेटिङमा सुन ल्याएको प्रहरीसमक्ष बताएका छन्। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। लगेजबाट २६ वटा सुनका विस्कुट बरामद गरिएको छ।

अरु र्‍याप गरिएको अवस्थामा पनि सुन रहेको सिलवालले बताए। अर्को लगेजबाट पनि सुन बरामद भएको डिआइजी सिलवालले बताए। पक्राउ परेका शाही भरिया भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । युएइबाट नेपाल आउनेलाई सुन पठाउने गिरोह नै सक्रिय रहेको प्रहरीले दाबी गरेको छ।

सुन लिएर आउने शाही र सुन लिन विमानस्थल पुगेका अर्का एक जनालाई पक्राउ गरिएको उनले बताए । लगेजभित्र प्लाष्टिकले र्‍याप गरेको सुन प्रहरीले बरामद गरेको हो ।

प्रकाशित मिति: Jan 5, 2017

प्रतिक्रिया दिनुहोस्