Logo
१३ बैशाख २०८१, बिहीबार
(January 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हत्या गरिएका वन रक्षक शाही शहिद घोषणा

काठमाडाैं, पुस २१ । सरकारले ताप्लेजुङमा हत्या गरिएका वन रक्षक गणेशबहादुर शाहीलाई शहिद घोषणा गरेको छ। सिंहदरबारमा बिहीबार विहान बसेको मन्त्रिपरिषदको बैठकले मृतक शाहीलाई सहिद घोषणा गर्नुका साथै उनका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए।

कार्यक्षेत्रमा खटेको समयमा हत्या भएकाले शाहीलाई प्रक्रिया पुर्‍याएर शहिद घोषणा गरिएको कार्कीले बताए। यसैगरी खेल प्रशिक्षक बासुदेव भट्टराई र खेलकुद विकास समिति बाँकेका प्रमुख कर्णबहादुर खड्काको परिवारलाई पनि जनही १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको पनि बैठकले गरेको कार्कीले जानकारी दिए।

यी हुन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हटाउनेसहित विभिन्न ९ निर्णय गरेको छ।

१) सरकारले प्रदेश, संघ र स्थानीय तहको कार्य विस्तृतिकरण र अधिकार सूचिबारे छलफल सुरु गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश, संघ र स्थानीय तहको कार्य विस्तृतिकरण र अधिकार सूचि अध्ययनका लागि आर्थिक पूर्वाधार समितिमा पठाउने निर्णय गरेको हो। तीन वटै संघीय संरचनाको काम, कर्तव्य र अधिकारबारे स्पष्ट व्यवस्था गर्न सरकारले सो सम्बन्धि विधेयक संसदमा पठाउने तयारीलाई अघि बढाएको हो। प्रदेश, संघ र स्थानीय तहको काम, कर्तव्य र अधिकारका विषयमा आवश्यक छलफल गर्न त्यसको विस्तृतिकरण र अधिकार सूचिका बारेमा छलफल सुरु गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए।

२) बैठकले सडक विस्तारको कामका लागि एसियाली विकास बैंकले दिएको २० अर्ब २८ करोड रुपैयाँ अनुदान सहायता पनि स्वीकृत गरेको छ। एसियाली विकास बैंकले नेपालको पूर्वाधार विकासमा सहयोग अनुदान उपलब्ध गराउँदै आएको छ।

३) मन्त्रिपरिषद बैठकले सहरी विकास समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले बताए।

४) मन्त्रिपरिषद् बैठकले ताप्लेजुङको खोकलिङका बन संरक्षणका क्रममा हत्या गरिएका गणेशबहादुर शाहीलाई शहीद घोषणा गर्ने निर्णय पनि गरेको छ। कर्तव्य निर्वाहकै सिलसिलामा हत्या गरिएका शाहीको परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय पनि गरिएको सरकारका प्रवक्ता कार्कीले बताए।

५) सडक दुर्घटनामा परी निधन भएका खेलकुद प्रशिक्षक बासुदेव भट्टराई र कर्णबहादुर खडकाका परिवारलाई जनही १० लाखका दरले क्षतिपूर्ति दिने निर्णय पनि गरिएको छ।

६) सरकारले तोकिएको समय अवधि भन्दा बढी काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय पनि गरेको छ। मन्त्रिपरिषद् बैठकले समय अवधि भन्दा बढी काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो।

७) मन्त्रिपरिषद् बैठकले टर्कीको राजधानी इस्तानबुलमा कार्यरत अवैतनिक राजदूत फात्मा गुल्सेनी मालपोचको समयावधि थप गर्ने निर्णय पनि गरेको छ।

८) सरकारले काठमाडौको बुढानिलकण्ठमा राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग सेवा केन्द्र स्थापना गर्ने निर्णय पनि गरेको छ। ९) बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई हटाउने निर्णय गरेको छ।

प्रकाशित मिति: Jan 5, 2017

प्रतिक्रिया दिनुहोस्