Logo
६ बैशाख २०८१, बिहीबार
(January 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोषि ठहरिएका दासलाई कहिले कारबाही गर्ने ?

काठमाडौं,२१ पुस । दोषी ठहरिएका रामेछापका तत्कालिन प्रहरी प्रमुख सजिव शर्मा दासलाई प्रहरी हेडक्वार्टरले जोगाएर राखेको पाइएको छ । पैसा र पावरका आडँमा उनलाई हेडक्वार्टरले कारबाही नगरि जोगाएर राखेको हो ।

रामेछाप जिल्ला सैंप १ की डिल्लीमाया तामाङकी १४ बर्षीय छोरी सुन्तली तामाङलाई सोही गाविसका श्याम राउतले कर्तव्य गरी मारेको किछानी जाहेरी रामेछापका तत्कालिन प्रहरी प्रमुख सजिव शर्मा दासले बुझ्न नमान्दा तामाङ परिवार न्याय विहीन बनेको छ ।

घटनामा दोषी भनिएका राउतलाई पक्राउ गर्न नमान्ने डिएसपी शर्मालाई राष्ट्रिय मानव अधिकार आयोगले दोषी ठहर गरेर मन्त्रिपरिषदको कार्यालय,गृह मन्त्रालयलाई आठ महिनाअघि नै पत्रचार गरेपनी कारबाही प्रक्रिया अघि बढ्न सकेको छैन ।

गृह मन्त्रालयले शर्मालाई विभागीय कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्रचार गरेपनि एक सातामा हुनुपर्ने कारबाही आठ महिनासम्म हुन नसकेको भन्दै पीडित परिवारले गुनासो गरेका छन् ।

दोषीलाई पक्राउ नगरेको भन्दै दासलाई प्रहरी हेडक्वार्टरले २४ घन्टे पत्र काटेर हेडक्वार्टरमा बोलाएको थियो । तर उनलाई विभागयि कारबाही गर्नुको सट्टा बालाजु प्रहरी वृत्तको इन्चार्ज बनाएर पठाएको थियो । दास अहिले क्षेत्रीय प्रहरी कार्यालय इटहरीमा कार्यरत छन् ।

कारबाही गर्ने दासमाथी कारबाही नगरिएको भन्दै संगठन भित्रै असन्तुष्टि पछिल्लो समयमा बढेको छ । दासलाई प्रहरी हेडक्वार्टरले जोगाउन नहुने र कारबाही भन्दा कडा विभागीय कारबाही गर्नुपर्ने पीडितपक्षको भनाई छ ।

प्रकाशित मिति: Jan 5, 2017

प्रतिक्रिया दिनुहोस्