Logo
१३ बैशाख २०८१, बिहीबार
(January 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘प्रचण्डले गल्ती गर्दा शेरबहादुर किन चुप लागेका छन् ?’

काठमाडौं, २० पुस  ।  नेकपा एमालेका नेता माधव कुमार नेपालले एमालेले विगतदेखिनै उठाउँदै आएको सवाललाई सर्वोच्च अदालतको फैसलाबाट पुष्टि भएको बताएका छन् । उनले केहि दल र नेताहरुको स्वार्थमा संशोधन प्रस्ताव ल्याइएको भन्दै जनताको हितमा नरहेको संशोधन पारित हुन नसक्ने बताए ।

प्रेस चौतारी नेपालले बुधबार गरेको अन्तरक्रिया कार्यक्रममा नेपालले प्रधानमन्त्री प्रचण्डमा राज्य सञ्चालनको अनुभव नभएको तर्क गर्दै पाका भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवापनि उनको गलत क्रियाकलापमा चुप लागेको बसेको आरोप लगाए ।

उनले भने– प्रचण्डलाई राज्य सञ्चालनको कम अनुभव छ । शेरबहादुर देउवा सत्ता सञ्चालनमा पाको हुनुहुन्छ तर उहाँपनि प्रचण्डको गलत क्रियाकलाप हेरेर बसिरहनु भएको छ । उहाँले गलत कुरालाई रोक्न सक्नुपर्छ । नेपालीहरु विभाजन हैन , एकता चाहन्छन्। हिमाल पहाड र तराईमा मिलेर बस्न चाहन्छन् ।

विखण्डन गर्छु भन्नेहरुलाई यो सरकारले केहि गर्न सकेको छैन । उनीहरु खुलम्खुल्ला हिँडिरहेका छन् । अरु देशमा भएको भए त्यस्तामाथि कडा कारबाही हुन्थ्यो । हाम्रो अडान राष्टिय हितमा रहेको कुरा सर्वोच्चले पुष्टि गर्यो ।

प्रकाशित मिति: Jan 4, 2017

प्रतिक्रिया दिनुहोस्