Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ह्याकिङबारे केही मलाई थाहा छःट्रम्प

एजेन्सी, वासिङटन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्याकिङको बारेमा आफूलाई केही थाहा भएको बताएका छन् । अरूले थाहा नपाएको केही कुरा आफूलाई जानकारी भएको र त्यसलाई यसै साता खुलासा गर्ने उनले बताएका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाको सरकारले रूसले ह्याकिङ गरेर अमेरिकी राष्ट्रपतिको निर्वाचन प्रभावित बनाएको आरोप लगाउँदै आएको छ ।

यसै विषयलाई आधार बनाएर अमेरिकाले अमेरिकास्थित ३५ जना रूसी कूटनीतिज्ञलाई देश निकाला समेत गरेको छ । दुईवटा रूसी संस्थालाई प्रतिबन्ध लगाएको छ । रूसले भने यसको प्रतिक्रियामा अमेरिकी कूटनीतिज्ञमाथि कुनै कारबाही गरेको छैन । ओबामा प्रशासनको कुनै प्रभाव नभएको बताउँदै ट्रम्पको व्यवहार हेरेर आफूले त्यसको जवाफ दिएको छ ।

यसै विषयलाई लिएर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी कूटनीतिज्ञलाई निष्काशन नगरेर बुद्धिमानी देखाएको उनको भनाइ थियो । पुटिन भलाद्मी नेता भएको भन्दै उनले प्रशंसा पनि गरेका थिए । अमेरिकी गुप्तचर संस्थाले पनि अमेरिकी राष्ट्रपतिको निर्वातनमा रूसले ह्याकिङ गरेर परिणाम ट्रम्पको पक्षमा पारेको प्रतिवेदन बुझाएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्प भने अमेरिकी गुप्तचर संस्थाको प्रतिवेदनसँग सहमत छैनन् । उनले नयाँ वर्षको अवसरमा पाम बीचस्थित क्लबको बाहिर पत्रकारलाई भने, ‘ह्याकिङको बारेमा मलाई केही कुरा थाहा छ । ह्याकिङ भयो भनेर प्रमाणित गर्न मुस्किल काम हो ।’ ह्याकिङ रूसले नगरेर अरू कसैले पनि गरेको हुनसक्ने उनको प्रतिक्रिया थियो ।

उनले थाहा पाएको कुरा भन्न पत्रकारले गरेको आग्रहपछि उनले यसको जवाफ मंगलवार वा बुधवार दिने उनले बताए । ह्याकिङको विषयमा ट्रम्पले अमेरिकी गुप्तचर अधिकारीसँग आफूले भेट्न चाहेको गत साता बताएका थिए । यस्ता आरोप पत्याउन सहज छैन । अमेरिकी गुप्तचर संस्थाले इराकी राष्ट्रपति सद्दाम हुसेन सरकारमाथि लगाएको आरोप गलत भएको पनि उनले स्मरण गरे । इराकमा परमाणु हतियार छ भनेर गलत सूचना दिएर गुप्तचर विभागले गल्ती गरेको पनि उनले स्पष्ट पारे ।

यसैगरी ट्रम्पले सूचना आदान प्रदानका इमेलको साटो चिठी र कुरियर प्रयोग गर्ने जानकारी दिएका छन् । उनले संसारका कुनै पनि कम्प्युटर सुरक्षित नभएको आफ्नो धारणा राखेका छन् । सूचनालाई गोपनीय एवं सुरक्षित राख्नका लागि कुनै पनि कम्प्युटर सुरक्षित जभएको उनले दाबी गरे । उनको यो अभिव्यक्ति आएलगत्तै उनको प्रशासनले अनलाइन छलफल बन्द गर्ने आशंका गरिन थालेका छन् ।

प्रकाशित मिति: Jan 3, 2017

प्रतिक्रिया दिनुहोस्