Logo
१३ बैशाख २०८१, बिहीबार
(January 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजधानीबाट ३७ जना पक्राउ कुलमानको समर्थक पक्राउ

काठमाडौं, २३ पुस   ।  नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा राजधानीमा निकालिएको जुलुसमा सहभागी ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

‘उज्यालो अभियान’ को नाममा राजधानीको माइतीघरमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले बाटो अवरोध गर्न खोजेपछि ३७ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी प्रद्युम्न कार्कीले बताए ।

उनका अनुसार पक्राउ परेकाहरुलाई नेपाल पुलिसक्लब भृकुटीमण्डप, महानगरीय प्रहरी बृत्त वानेश्वर र सिंहदरबारमा राखिएको छ ।ऊर्जामन्त्रालयले नेपाल लोडसेडिङ हटाउने अभियानमा अवरोध गरेको भन्दै तीन सञ्चालक समिति सदस्यलाई हटाउने निर्णय गरेकोमा सर्वोच्चले सो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

तर कुलमानका समर्थकहरुले सर्वोच्चको आदेश खारेज हुनुपर्ने, कुलमानलाई काम गर्न दिनुपर्ने, तीन सञ्चालकलाई कारबाही गरिनुपर्नेलगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: Jan 3, 2017

प्रतिक्रिया दिनुहोस्