Logo
१५ चैत्र २०८०, बिहीबार
(January 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेप्सेको बृद्धिदर जारी, १७ अंकले बढेपछि ५१ करोडको कारोवार – तालिकासहित

काठमाडौं, १८ पुुस । साताको दोस्रो दिन सोमबार पनि नेप्सेको बृद्धिदर जारी रहेको छ । आज नेप्से १७ दसमलव १३ अंकले बढेर १४ सय ८२ दसमलव ८५ अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि तीन दसमलव ७१ अंकले बढेर तीन सय २० दसमलव ४३ अंंकमा कायम रहेको छ ।

कुल एक सय ३० कम्पनीहरुको चार हजार चार सय ३३ वटा कारोवारमा १० लाख १७ हजार सात सय ५४ कित्ता सेयर खरिद बिक्री भएकोमा ५१ करोड ४९ लाख ४७ हजार एक सय ८३ रुपैयाँको कारोवार भएको छ  ।

आज आठ वटा समुहको कारोवार भएकोमा होटल समुहको कारोवार घटेर बाँकी समुहको कारोवार बढेको छ । उच्च अंकले बढेको बीमा समुहको सुचक २८ दसमलव ४५ अंकले बढेर छ हजार आठ सय ४२ दसमलव १६ अंकमा कायम रहेकोमा १२ करोड ६० लाख ३० हजार रुपैयाँको कारोवार भएको छ ।

बाँणिज्य बैंक समुहको सुचक २३ दसमलव ३२ अंकले बढेर १४ सय १७ दसमलव ७४ अंकमा कायम रहेकोमा २६ करोड ८१ लाख १९ हजार रुपैयाँको कारोवार भएको छ । बिकास बैक समुहको सुचक १३ दसमलव ५४ अंकले बढेर १५ सय ५८ दसमलव ७५ बिन्दुुमा कायम रहेकोमा पाँच करोड नौ लाख २५ हजार रुपैयाँको कारोवार भएको छ ।

यसैगरी जलबिद्युुत समुहको सुचक पनि आज सात दसमलव ७७ अंकले बढेर १७ सय ४४ दसमलव २१ अंकमा कायम रहेकोमा दुुई करोड १८ लाख ५८ हजार तीन सय रुपैयाँको कारोवार भएको छ । फाईनान्स समुुहको सुचक पा छ दसमलव ४४ अंकले बढेर सात सय एक दसमलव ७२ अंकमा कायम रहेकोमा एक करोड १६ लाख ५५ हजार दुुई सय रुपैयाँको कारोवार भएको छ ।

आज उत्पादन मुुलक र अन्य समुहको सुचकमा पनि सामान्य सुधार देखिएको छ । आज सबैभन्दा बढी कमाउने कम्पनीको सुचीमा परेको सप्तकोशी डेभलपमेन्ट बैंक परेको छ भने गुुमाउने कम्पनीको सुचीमा मिथिला लघुबित्त बिकास बैंक परेको छ । रकम कारोवारका आधारमा भने आज एभरेष्ट बैक अग्रस्थानमा परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस  कम्पनीको नाम कारोवार भएको मुल्य बढेको मुल्य
 सप्तकोशी डेभलपमेन्ट बैंक २५९ ९.७५
 अरुण फाईनान्स १८२  ९.६४
मञ्जुुश्री फाईनान्स २०० ९.२९
एनएमबी माईक्रो फाईनान्स १६१५ ८.१०
वोमी माईक्रो फाईनान्स १३४० ८.०६

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य घटेको मुल्य
मिथिला लघुबित्त बिकास बैंक १०७२ ९.२२
 हाम्रो बिकास बैैंक ४१५ ५.२५
 साझा बिकास बैंक २६०  ३.७०
भार्गभ बिकास बैंक ३३६  २.६०
सानाकिसान बिकास बैंक १००५ २.४२

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको रकम अन्तिम मुल्य
एभरेष्ट बैंक  ३०८६४६५३ १८४९
 सिटिजन्स बैंक इन्टरनेशनल २७७८५१६०  ४९५
बैंक अफ काठमाडौ लुम्बिनी २३६५०७९८ ६२५
 सिद्धार्थ बैंक २१४२०७८९ ९९७
नेपाल बंगलादेश बैंक १८४२१७२६  ७५१

 

प्रकाशित मिति: Jan 2, 2017

प्रतिक्रिया दिनुहोस्