Logo
७ बैशाख २०८१, शुक्रबार
(January 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः दलहरुबीच कुरा मिलेन, अर्को बैठक भोली १ बजे

‘संशोधनको प्रस्ताव फिर्ता लिनेबित्तिकै संसद् खुल्छ’

काठमाडौं, १८ पुस । आज ‘वार की पार’ भनिएता पनि ब्यवस्थापिका संससदको बैठक फेरी स्थगित भएको छ । संसद सचिवालयले जनाएअनुसार अब अर्को बैठक पुष १९ गते दिनको १ बजे बस्ने छन ।

प्रमुख राजनीतिक दलहरुबीच संसदको गतिरोध अन्त्य गर्ने विषयमा कुनै सहमति नभएपछि सोमबार ४ बजे लागि दोस्रो पटक बोलाइएको संसद बैठक स्थगित गरिएको छ ।
सोमबार १ बजेको संंसद बैठक प्रमुख प्रतिपक्षी एमालेलगायतका दलहरुले अवरुद्व गरेपछि संसद खुलाउन कार्यव्यवस्था समितिको बैठक बोलाइएको थियो ।
सो बैठकमा पनि कुनै सहमति जुट्न नसकेपछि सूचना टाँस गरेर पुस १९ गते मंगलबार १ बजे लागि बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहाकार बबिन शर्माले जानकारी दिए ।
सभामुखले मंगलबार ११ बजे संसद अवरुद्व खुलाउन तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएको शर्माले बताए ।
सरकारले संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गराएपछि प्रतिपक्षी नेकपा एमालेले संसद बैठक नियमित अवरुद्व गर्दै आएको  छ ।
संसद बैठक नबस्दा अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्वको महाभियोग प्रस्ताव, निर्वाचन विधेयक माथिको छलफल समेत हुन सकेको छैन ।
व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई सहमतिमै अघि बढाउने सम्बन्धमा प्रमुख तीन दलबीच भएको प्रयास विफल भएको हो ।
बैठकमा सत्ता पक्ष दलहरुले प्रमुख प्रतिपक्षी दल एमालेलाई अवरुद्ध संसद् खोल्न गरेको आग्रहलाई एमालेले अस्वीकार गर्दै संशोधनको प्रस्ताव संसद्बाट फिर्ता लिन माग गरेको नेताहरुले बताएका छन् ।
सहमति जुटाउन नेपालीकांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताबीच आज सिंहदरबारमा भएको छलफल दलहरुका आ–आफ्नै अडानका कारण बिना निष्कर्ष टुंगिएको छ ।
बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलको अडान यथावत् रहेको जानकारी दिँदै भने, ‘सरकारले संशोधनको प्रस्ताव फिर्ता लिनेबित्तिकै संसद् खुल्छ, मुलुक निर्वाचनतिर जान्छ र त्यो राम्रो हुन्छ ।’
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सहमतिको प्रस्ताव अघि बढाउने सम्बन्धमा टुंगो लागिनसकेको बताउँदै सहमतिका लागि वार्ता जारी रहने बताए । आज प्रस्ताव संसद्मा टेबल हुन्छ भन्ने जिज्ञासामा उनले त्यो सभामुखको कुरा भएको जानकारी दिए ।
एमाले उपाध्यक्ष वामदेव गौतमले सत्तापक्षबाट अवरोध भएको बताउँदै प्रस्ताव फिर्ता लिए वा स्थगन गरे एमालेबाट भएको अवरोध हट्ने जानकारी दिए ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गतिरोध अन्त्यका लागि सहमतिको प्रयास जारी राख्ने निर्णय गरेको बताए । ‘हामी प्रतिपक्षीसँग मुठभेडको स्थिति सिर्जना नहोस् भन्ने चाहन्छौँ ।
बैठकपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल रकांग्रेस सभापति शेरबहादुर देउवाले सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै सहमतिको प्रयास जारी रहेकाले छिट्टै निकास निस्कने आशा व्यक्त गरे ।

प्रकाशित मिति: Jan 2, 2017

प्रतिक्रिया दिनुहोस्