Logo
१३ बैशाख २०८१, बिहीबार
(January 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं लगायत बिभिन्न जिल्लामा मोर्चाको खबरदारी 

काठमाडौं १८ पुस । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई मधेसका जिल्लाहरुमा खबरदारी विरोध प्रदर्शन गरिरहेका छन ।
मधेशी मोर्चा काठमाडौं लगायतका मधेशका जिल्लाहरुमा खवरदारी जुलुस निकालेका छन् । संसदमा पेश भएको संशोधन प्रस्तावलाई थाति राखेर निर्वाचन गर्ने विषयमा दलहरुबीच सहमती गरेको भन्दै खबरदारी जुलुस गरेको हो ।

मधेशका मुख्य केन्द्र वीरगञ्ज, रौतहट, जनकपुर, सर्लाही, राजविराज लगायतका क्षेत्रमा व्यापक खबरदारी जुलुस निस्केको स्थानिय पत्रकारहरुले जनाएका छन् ।

मधेसी मोर्चाले संविधान संशोधन विधेयक परिर्माजनको माग सहित बिभिन्न समयमा गरिएका समझौताहरु लागू गराउन माग गर्दे खबरदारी सभा गर्न लागिएको हो ।

मोर्चामा आवद्ध सदभावना पार्टीका महासचिव मनिष सुमनका अनुसार विरोध प्रदर्शनमा शीर्ष नेताहरु पनि सहभागी हुनेछन् ।

प्रकाशित मिति: Jan 2, 2017

प्रतिक्रिया दिनुहोस्