Logo
१२ बैशाख २०८१, बुधबार
(January 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘कांग्रेसलाई राष्ट्रियताबारे केपी ओलीले पढाउनु पर्दैन’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रियताबारे आफूहरुलाई नसिकाउन आग्रह गरेका छन् ।
नेपाल प्रेस युनियन काठमाडौं शाखाले सोमबार बिहान काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले एमाले अधयक्ष ओलीले उग्र राष्ट्रवादका कुरा गरिरहेको भन्दै कांग्रेसलाई राष्ट्रियताबारे सिकाउनु नपर्ने बताएका हुन्।

कोइरालाले भने,‘कांग्रेसलाई ओलीजीले राष्ट्रवाद, राष्ट्रियता र लोकतन्त्रबारे सिकाउनु पर्दैन। हामी विपीका अनुयायी हौं कसैले यी विषयमा सिकाइराख्नु पर्दैन। यो कुरा अोलीजीले राम्रोसँग बुझे हुन्छ।’

उनले ओलीलाई उग्रराष्ट्रवाद छोड्न आग्रहसमेत गरे।  उनले एमालेको उग्र राष्ट्रवाद र मधेसवादी दलहरुको उग्र मधेसवादले मुलुक जटिलतातर्फ उन्मुख भएको बताए। उनले एमालेले संसद अबरुद्ध गरेर संसदीय व्यवस्थालाई असफल बनाउन खाजेको आरोप लगाए।

उनले भने,‘संसद अबरोध गरेर समस्याको समाधान हुँदैन। एमालेले संसद अबरुद्ध गरेर संसदीय व्यवस्था असफल बनाउन खोजेको छ। यसैगरी अबरोध भइराखे संसदीय व्यवस्था नै रहदैन एमालेले बुझे हुन्छ।’

नेता कोइरालाले कांग्रेसमा व्यक्तिवादी चरित्र हाबी भएको आरोप लगाए। उनले व्यक्तिवादी चरित्र हाबी भएकै कारण कांग्रेस कमजोर भएको बताए। उने भने,‘कांग्रेसभित्र अहिले विभाजित मानसिकता छ।

कांग्रेस एमालेसँग कि माओवादी केन्द्रसँग मिलेर अघि बढ्ने भन्ने। विभाजित मानसिकताले कांग्रेसको भलो हुँदैन।’ उनले गुटबन्दीका कारण कांग्रेस अहिले चिरा परेको बताए।

प्रकाशित मिति: Jan 2, 2017

प्रतिक्रिया दिनुहोस्