Logo
८ बैशाख २०८१, शनिबार
(January 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुखलाई तनावः सरकारको भित्रि खेल अर्कै ३ पक्षका आफ्नै रणनीति

काठमाडौं १८ पुस । आज संसद चले उत्पात यस्तै खबरको चर्चा चलेको छ आज राजनीतिक बृतमा । संविधान संशोधन विधेयकका विषयमा तीनपक्षले तीनवटा रणनीति तय गरेका छन् । सत्तापक्ष र विपक्षीले आफ्नो रणनीतिका साथ संसद बैठकमा उपस्थित हुने तयारी गरोक छन् भने सभामुख ओनसरी घर्तीमगरले आफ्नो रणनीति तय गरेकी छन् । तीनपक्षको तीन रणनीतिले संसद बैठकमा रस्सा कस्सी हुने देखिएको छ ।

सभामुख रणनीति
सोमबार दिउँसो १ बजे संसदको डाकिएको छ । बैठक विपक्षीबाट अवरोध भए केही समयका लागि स्थगित गरी लगातार दुईपटकसम्म बोलाएर भए पनि विषय या प्रक्रियामा सहमति खोज्न दबाब दिने निष्कर्षमा सभामुख पुगेकी हुन् । उनले गत १४ पुसमा तीन दिनभित्र सहमति खोज्न प्रमुख दलहरूलाई समय दिएकी थिइन् । कांग्रेस, माओवादी केन्द्रसहितका सत्तारुढ दल विधेयक टेबुल गरेर मतदानमार्फत टुंगो लगाउनुपर्ने पक्षमा छन् भने एमालेसहितका विपक्षी दल विधेयक संसद्मा छलफलको विषय नै नबन्ने अडान लिएका छन् ।

प्रमुख सचेतकहरूपनि जुटे
राजनीतिक निकासका लागि प्रमुख सचेतकहरूपनि जुटेका छन् । संसद् भवन नयाँ बानेश्वरमा सभामुखले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक डाकेकी छिन् ।

सरकारको भित्रि खेल

एमाले सहमति आउन नसकेकाले आजको संसदको वैठकमा प्रस्ताव टेबुल गर्ने । सभामुखको सहयोग र मर्यादापालकको साहारामा भएपनि प्रस्तावलाई अघि बढाई छाड्ने । मधेसी मोर्चाले साथ दिने भएपछि सत्तापक्षले जसरी पनि विधेयक संसद्मा पेस गर्ने निर्णय शनिबार गरेको थियो ।

एमालेको नयाँ रणनीति

एमालेले सर्वोच्च अदालतमा संविधान संशोधन प्रस्तावमाथिको रिटको पक्ष–विपक्षमा बहसै अघि बढिसकेकाले संविधान संशोधन विधेयकमा राखिएको सीमांकन हेरफेर प्रस्तावमाथि छलफल हुनै नसक्ने अडान कडाइका प्रस्तुत हुने । सराकारी पक्षबाट टेबुल गर्न खोजिए प्रतिवाद गर्ने । एमालेसहित विपक्षी नौ दलका प्रमुख सचेतकहरूको बैठकले सत्तापक्षको आग्रहमा सभामुखले विधेयकलाई जबर्जस्ती टेबुल गर्न खोजे आसनबाट उठेर बेल घेराउ गर्नेसम्मको रणनीति बनाएको छ । विपक्षी नौ दलका दुई सयभन्दा बढी सांसद छन् ।

सहमति जुटाउन शीर्ष नेता बालुवाटारमा
सहमति जुटाउन शीर्ष नेता बालुवाटारमा जुटेका छन् । संविधान संशोधन विधेयकमा सहमति जुटाउन दलहरुले छलफल तिब्र बनाएका हुन्।

हिजो दिनभर अनौपचारीक छलफल गरेका दलहरुले आज औपचारीक छलफल चलाएका छन् । बिहान प्रधानमन्त्रीको सराकरी निवास वालुवाटारमा बस्ने बैठकमा संविधान संसोधन प्रस्तावले देखिएको राजननीतिक गतिरोध अन्त्यका विषयमा छलफल हुनेछ ।

मधेसी मोर्चाले साथ दिने भएपछि सत्तापक्षले जसरी पनि विधेयक संसदमा पेस गर्ने निर्णय शनिबार गरेको थियो ।

सहमतिको प्रयासमा हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओली चर्काचकी समेत भएको थियो । दुई नेताबीच भएको गोप्य भेटमा निकै चर्काचर्की भयो निकास निक्लिएन स्रोतले भन्यो । आजको वैठकमा तीनै दलका शीर्ष नेताहरुसहित दोस्रो तहका नेताहरु पनि सक्रिय भइरहेका छन् ।

तनाबमा सभामुख
सभामुख ओनसरी घर्ती निकै तनाबमा परेकीछन् । राजनीति विवादका कारण सभामुख ओनसरी घर्ती दवावमा परेकी हुन् । उनले आज आफुलाई अहिलेसम्मकै बोल्ड सभामुखको रुपमा प्रस्तुत गर्ने भएकी छन् । सरकारले आज संविधान संसोधन प्रस्ताब ब्यवस्थापिका संसदमा दर्ता गराउने तयारी गरेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासंगको सहमतिपछि सरकारले आज बस्ने व्यवस्थापिका संसद बैठकमा संसोधन प्रस्ताब दर्ता गराउने तयारी गरेको हो ।

सभामुख घर्तीले आजै चरणवद्ध रुपमा बैठक बोलाउने र सरकारले प्रस्ताव टेबुल गर्ने उनको सचिवालयले जनाएको छ । नेकपा एमाले सहितको विपक्षि दलले भने जवर्जस्ती सरकारले संविधान संशोधन अगाडि बढाउन खोजे वेल घेराउ गर्ने रणनीति तय गरेका छन् । विहिवार रिपोर्टस क्लबको तर्फबाट ज्ञापनपत्र बुझ्दै सभामुख ओनसरी घर्तीले दलमाथि दवाव बढाउने कोसिस गरिन् ।

तीन दिनभित्र अवरुद्ध संसद संचालन गर्ने सम्बन्धमा दलिय सहमति नजुटे प्रक्रियामा प्रवेश गरिने उनले बताएकी थिइन् । सभामुख घर्तीले तीन दिन भित्र दलिय सहमति नजुटे व्यवस्थापिका संसदको बैठक बाटै निकास खोजिने बताएको समयसीमा आइतवार साँझ सकिएको छ ।

मंसिर १४ गते संविधान संशोधन दर्ता भएपछि १६ गते यता लगातार संसद बैठकमा अवरोध गर्दै आएका प्रतिपक्षी गठबन्धनका ९ दलका सचेतकको हिजो बसेको बैठकले वेल घेराउ देखि बहिष्कारसम्मको कार्यक्रममा तय गरेको छ ।

प्रकाशित मिति: Jan 2, 2017

प्रतिक्रिया दिनुहोस्