Logo
७ बैशाख २०८१, शुक्रबार
(January 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परिमार्जनसहित संविधान संशोधन विना निर्वाचन असंभव

सिरहा १७ पुष । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभएसम्म निर्वाचनको कल्पना गर्न नसकिने बताएका छन् ।

आइतबार प्रेस मञ्च सिरहाद्वारा लहानमा आयोज पत्रकार भेटघाटमा महतोले चुनावको तालिका घोषणा गर्नु भन्दा चुनावको माहोल बनाउनु महत्वपूर्ण हुने उल्लेख गरे। ‘चुनावी माहोलका लागि संविधानमा परिमार्जन सहितको संशोधन मोर्चाको बटमलाइन हो।’

परिमार्जनसहित संविधावन संशोधन नगरी निर्वाचन घोषणाको औचित्य नरहेको भन्दै उनले ६ महिनासम्म चलेको आन्दोलनमा उठेका माग सम्वोधन नभएसम्म निर्वाचनको कल्पना गर्न नसकिने बताए।

गाउँपालिकाको गठन त्रुटिपूर्ण रहेको टिप्पणी गर्दै उनले भने, ‘जनसंख्यालाई नजरअन्दाज गरेर बनाइएको गाउँपालिका बिभेदले ग्रसित छ।’ महतोले दुइतिहाई भन्दा बढी गाउँपालिका पहाडमा बनाइएको र एकतिहाई मात्र मधेमा बनाइएको जिकिर उनले गाउँपालिकाको संरचनामा सुधार गर्नुपर्ने बताए।

‘गाउँपालिको प्रतिनिधित्वले राष्ट्रपतिको निर्वाचनदेखि राष्ट्रियसभाको निर्वाचनमासमेत असर पर्छ,’ उनले भने, ‘‘यथास्थितिको गाउँपालिकालाई हामी मान्दैनौं।’

देशको मुल मुद्दा संविधानको कार्यानवय रहेको भन्दै उनले संविधान कार्यानवयनको प्रमुख बाधक नेकपा एमाले बनेको आरोप लगाए।
‘एमाले मधेसको दुश्मन त छँदै थियो अहिले आएर संविधानको दुश्मन पनि बनेको छ,’ उनले भने। संविधान संशोधनको बाटो छेकेर एमाले संविधान समाप्त गर्न लागेको उनको आरोप छ ।

संविधानमा मधेसी, जनजाति सीमान्तकृतको अधिकार कटौती गरेर काँग्रेस माओवादी केन्द्रले बेइमानी गरेको आरोप लगाउँदै महतोले भने, ‘तर यी दुई दल सुधार गर्छु भनिरहेका छन् । संविधानमा संशोधन माओवादी केन्द्र र नेपाली काँग्रेसका लागि अग्निपरिक्षा हो।’

प्रकाशित मिति: Jan 1, 2017

प्रतिक्रिया दिनुहोस्