Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मौसम बदली: स्यु स्यु काठमाडौं !

काठमाडौं, १७ पुस । काठमाडौं उपत्यकालगायत देशका पश्चिमी तथा मध्य भागमा निकै चिसो बढ्नुका साथै मौसम बदली भएको छ । तिन दिन देखि धुमिएको उपत्यकामा आज ह्वात्तै चिसो बढेका कारण चहलपहल निक्कै कमि देखिएको छ ।

चिसोका कारण आम सर्वसाधारण स्यु स्यु गर्दै आफ्नो दैनिकीमा लागि परेका छन् भने सरकारी कार्यालयमा पनि भिडभाड न्यून देखिएको छ । अहिले काठमाडौं उपत्यकामा कालो वादल मडारीएको छ भने केहि क्षेत्रमा बर्षा समेत हुने सम्भावना रहेको छ ।

पश्चिमी वायुका कारण मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबारदेखि मौसममा देखिएको परिवर्तनका कारण राजधानीसहित मुलुकको अधिकांश क्षेत्रमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मुलुकको सुदूर र मध्य क्षेत्रको तराईबाहेकका स्थानमा मौसममा बदली देखा परेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।

पश्चिम बंगाल र उत्तराखण्डको क्षेत्रमा न्यूनचापीय क्षेत्रको विकास भएकाले नेपालमा हावाको प्रवेशका कारण बदली भएको हो । अझै दुई दिनसम्म मौसममा यस्तै हुने बुझिएको छ । जसका कारण अझै चिसो बढ्ने सम्भावना छ ।

प्रकाशित मिति: Jan 1, 2017

प्रतिक्रिया दिनुहोस्