Logo
१३ बैशाख २०८१, बिहीबार
(December 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री-मोर्चा सहमति: संविधान संशोधन गरेर निर्वाचनमा जाने

काठमाडौं, पुस १६ ।  सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच संविधान संशोधन विधेयक अघि बढाइ निर्धारित समयमा तीनै तहको निर्वाचन गर्ने समझदारी भएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार चन्द्रप्रकाश खनाल बलदेवले संविधान संशोधन गरी तीनै तहको निर्वाचन समयमै गर्ने गरी मोर्चासँग सहमति भएको बताए। ‘संशोधन विधेयक टेबल गर्ने, पारित गर्ने र आगामी तीनवटा निर्वाचनको मोटामोटी अवधारणासहित अघि बढ्ने सहमति भयो’, बदलेवले भने।

प्रधानमन्त्री निवास बालुवाटारमा भएङ्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, प्रवक्ता पम्फा भूषाल तथा मधेसी मोर्चाका तर्फबाट महन्थ ठाकुर, ह्रदयेश त्रिपाठी, लक्ष्मणलाल कर्ण, महेन्द्र राय, राजकिशोर यादव, अनिलकुमार झालगायतका नेता सहभागी थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मोर्चाका नेताबीच संशोधन विधेयक अघि बढाएर निर्वाचन सम्बन्धि कार्यतालिका निश्चित गर्ने समझदारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बैठकमा मधेसी मोर्चाले बैशाख भित्र स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा जाने गरी संशोधन विधेयक प्रस्ताव दर्ता गर्न सहमति जनाएको हो। बैठक पछि सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधनको प्रस्ताव पेश गरी पारित गर्ने प्रक्रियामा लैजाने गरी सहमति गरेको जानकारी दिए।

आन्दोलनरत मधेसकेन्द्रित दलको माग सम्बोधन गर्ने क्रममा सरकारले नागरिकता, प्रदेशको सीमाङ्कन, भाषा र राष्ट्रिय सभामा प्रादेशिक प्रतिनिधित्व जस्ता विषयमा संशोधन अघि बढाएको छ। प्रमुख प्रतिपक्षले भने उक्त प्रस्ताव नेपाल र नेपाली जनताको भावनाको विरुद्धमा रहेकोले कुनै पनि हालतमा त्यसमा आफूहरु सहमत हुन नसक्ने अडान राख्दै आएको छ। एमालेले संशोधन विरुद्ध सडक आन्दोलन पनि घोषणा गरेको छ।

प्रकाशित मिति: Dec 31, 2016

प्रतिक्रिया दिनुहोस्