Logo
१२ बैशाख २०८१, बुधबार
(December 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तस्कर काट्ने, प्रहरी समाउने तर वन छाड्ने !

काठमाडौं । रौतहटको जंगलमा काठ तस्करले बिहीबार रुख काटेको पाएपछि नेपाल प्रहरीले तस्करहरुलाई नियन्त्रणमा लियो । प्रहरीले बरामद् गरेको काठसहितको गाडी जिल्ला वन कार्यालयलाई बुझायो । तर वन कार्यालयले काठ, गाडी र काठ काट्ने व्यक्तिलाई छाडेको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका प्रहरी नायब उपरीक्षक यादव ढकालका अनुसार पछिल्लो दुई महिनायता ६ वटा गाडीसहित विभिन्न परिणाममा काठ बरामद गरी जिल्ला वन कार्यालयलाई बुझाइएको थियो । तर वन कार्यालयले बद्मद काठ, गाडी र पक्राउ परेकाहरु छाडेको पाइएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

जिल्ला वन कार्यालयका वन अधिकृत दीर्घनारायण कोइरालाले बरामद् गाडी तथा पक्राउ परेका व्यक्तिलाई कारबाही गरेर मात्रै छाडेको वताएका छन् । घटनाको प्रकृति हेरेर वन कार्यालयले कारबाही गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: Dec 30, 2016

प्रतिक्रिया दिनुहोस्