Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

UP मा यादव झगडाः मुख्यमन्त्री अखिलेस पार्टीबाट निष्काशित

ऐजेन्सी । भारतको सबैभन्दा ठुलो राज्य उत्तर प्रदेशका मुख्यमन्त्रीलाई नै पार्टीबाट निस्कासन गरिएको छ । उत्तरप्रदेश स्थित समाजवादी पार्टीको परिसरमा आयोजित एक पत्रकार सम्मेलन मार्फत पार्टी अध्यक्ष मुलायमसिंह यादवले आफना छोरा समेत रहेका मुख्यमन्त्री अखिलेश र भाई रामगोपाल यादवलाई ६ वर्षका लागि पार्टीबाट निस्कासन गरेका हुन ।

मोलायम सिंह यादवका एक भाई शिवपाल सिंह यादव मुलायमको पक्षमा छन भने उनकै पहलमा आफनो भविषयको बाटो क्लियर गर्न अध्यक्षलाई उस्काएर अर्को भाई शिवपाल र भतिजो अखिलेसलाई पार्टीबाट निस्कासन गराएको हुन सक्ने बताइएको छ ।

मुख्यमन्त्री यादवले कुनै प्रतिकृया दिएका छैनन भने उक्त प्रदेशमा आउदो महिना चुनाव हुने निश्चित गरिएको छ र प्राय सबै दलमा यतिबेला चुनावी सरगर्मी छाएको छ।

उक्त समाचार सर्वाजनिक भएपछि नेपालमा पनि यसको चौतर्फी चर्चा हुन थालिएको छ । सघिंय समाजवादी पार्टीका संसद अभिषेकप्रताप साहले फेसबुक स्टाटस लेखेर उक्त घटनाक्रम प्रति दुख जाहेर गरेका छन । उनले लेखेका छन ‘ मुलायम सिंह यादव ने अखिलेश यादव को समाजवादी पार्टी से ६ वर्ष के लिए निश्कशित किया है, ये निर्णय हम सभी को स्तब्द कर दिया है। दुखद निर्णय।’

त्यसैगरी भारतिय राजनीतिक घटनाक्रमबारे निकै जानकार मानिने साथौ भारत स्थित एबिपि न्यूजका नेपाल संवाददता समेत रहेका पत्रकार वीरेन्द्र केएमले पनि उक्त घटनाक्रममबारे चर्चा गरेका छन । उनले फेसबुकमा लेखेका छन ‘भारत, उत्तर प्रदेशका मुख्यमन्त्री समेत रहेका छोरा अखिलेश र भाई रामगोपाललाई समाजवादी पार्टीका अध्यक्ष मुलायमसिंह यादवले पार्टीबाट निस्कान गरेका छन !’

भारतको उत्तर प्रदेशका मुख्य मन्त्री अखिलेशलाई उनका बुवा मुलायमसिंह यादवले ६ वर्षका लागि पार्टीबाट निष्काशन गरेका हुन ।समाजवादी पार्टीका अध्यक्ष मुलायमसिंहले छोरा अखिलेश र भतिजा राम गोपाललाई पार्टी सिद्धाउने खेलमा लागेको आरोप लगाउँदै पार्टीबाट निष्काशन गरेको बताएका छन्।

उनले अखिलेशको ठाउँमा पार्टीले अब नयाँ मुख्यमन्त्री चयन गर्ने बताएका छन्। मुलायमसिंहले भतिजा रामगोपाल उत्तर प्रदेश विधान सभा चुनावको अगाडि पार्टीलाई कमजोर पार्ने काममा लागेको र अखिलेशले पनि उनलाई समर्थन गरेकाले उनीहरुलाई पार्टीबाट निकाल्नु परेको बताएका छन्।

आजै रामगोपालले आगामी विधान सभा चुनावमा पार्टीका उम्मेद्वार चयन गर्न जनवरी १ तारिखमा पार्टीको राष्ट्रिय सम्मेलन बोलाएका थिए। मुलायमसिंहले पार्टी अध्यक्षलाई बाहेक अरु कसैलाई पनि राष्ट्रिय सम्मेलन डाक्ने अधिकार नभएको बताएका छन्।

उनले रामगोपालले पार्टीको राष्ट्रिय सम्मेलन बोलाएको र अखिलेशले त्यसलाई समर्थन गरेकाले आफूले उनीहरुलाई पार्टीबाट निकाल्ने निर्णय गरेको बताएका छन् । ‘रामगोपालले मेरो भविष्य बर्बाद गर्दैछ भन्ने कुरा अखिलेशले बुझेको छैन’, मुलायमसिंहले भनेका छन्। उनले आफूले धेरै दुःख गरेर पार्टीलाई यो अवस्थासम्म ल्याइपुर्याएकाले यसलाई समाप्त हुन नदिने पनि बताएका छन्।

प्रकाशित मिति: Dec 30, 2016

प्रतिक्रिया दिनुहोस्