Logo
१२ बैशाख २०८१, बुधबार
(December 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गार्इ हत्यारालाई कारवाही माग गर्दे राजधानीको सडक तात्यो:भिडियो

काठमाण्डौ,१५ पुस । गार्इ हत्यारालाई कारबाही गर भन्दै राजधानीको सडक तातेको छ । कैलालीको गोदावरीमा गत पौष ४ गते दर्जनौं गार्इको निर्ममता रुपले हत्या भएको बिरुद्धमा हिन्दु जागरण नेपालले सशक्त बिरोधको कार्यक्रम गर्दै आएको छ । आज काठमान्डौको पशुपतिनाथ मन्दिरदेखि गौशाला हुँदै चाबहिलसम्म र्यालीको आयोजना भएको थियो ।

हिन्दु जागरण नेपालको आयोजनामा स्वस्फर्तरुपमा आम नागरिकको जनसहभागिताका साथ बिरोध कार्यक्रम सम्पन्न भएको हो ।पशुपतिनाथ मन्दिरदेखि यात्रा गरेर चाबहिलमा कोण सभा गरि आजको कार्यक्रम सम्पन्न भएको छ । कोण सभामा बिभिन्न वक्ताहरुले गौ हत्यारालाई कानुन बमोजिम सजाय दिनु पर्ने र नेपाल हिन्दुराष्ट्र घोषणा गरेर नेपाललाई धर्म परिवर्तन मुक्त नेपाल बनाउने कुरामा जोड दिनु भएको थियो ।

कोण सभालाई सम्बोधन गर्ने क्रममा हिन्दु जागरणका अध्यक्ष रामकृष्ण उपाध्यायले यदि समयमै गौ हत्यारालाई कारवाही नगरेमा देशमा भयानक आन्दोलन हुने घोषणा गर्नु भयो । हत्यारालाई सशक्त कारवाही नभएकै कारणले यहि पौष १० गते सुदूर पश्चिम बन्द घोषणा गर्दा पनि सरकारको तर्फबाट कारवाही नदेखिएकोले पौष १२ गते फेरी हिन्दु जागरण नेपालको नेतृत्वमा मध्ये पश्चिम बन्द घोषणा गरेको थियो ।

प्रकाशित मिति: Dec 30, 2016

प्रतिक्रिया दिनुहोस्