Logo
१२ बैशाख २०८१, बुधबार
(December 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ प्राधिकरण रणनीतिः सुशीललाई हटाई अर्कैलाई अवसर !

१५ पुस, काठमाडौं । सरकारले पुननिर्माण प्राधिकरणका प्रमुखलाई कुनैपनि हालतमा हटाइ छाडने तयारीमा जुटेका छन । समाचार श्रोतका अनुसार यो कुराको खुलासा त्यतीबेला भयो जतिबेला र्गहमनत्रीले नै उनलाई असर गरेका थिए । समाचार श्रोत भन्छन, गत कात्तिक १० गतेको पुननिर्माण प्राधिकरणको निर्देशक समिति बैठकमा गृहमन्त्री विमलेन्द्र निधीले कार्यकारी निर्देशक सुशील ज्ञवालीलाई एजेण्डा नै पेश गर्न दिएनन् । बोली नै पिच्छे उनले अवरोध गरेपछि प्रधानमन्त्री प्रचण्डले सहजीकरण गरेका थिए ।

सरकारका अर्का उपप्रधानमन्त्रीले पनि ज्ञवालीलाई अवरोध गरेपछि सरकार पुर्ण रुपमा उनलाई निकाल्ने माइण्डमा नै रहेको श्रोतले दावी गरियो । श्रोत भन्छन प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री कृष्णबहादुर महराको तर्फबाट ज्ञवालीले राजीनामा दिएर गइदिए हुन्थ्यो भन्ने आशय भने प्रकट गरिरहेका छन । गृहमनत्रीसग मुखमुखै लागेपछिद त्यसयता कांग्रेसका मन्त्रीहरु र कार्यकारी निर्देशक ज्ञवालीबीच कहिल्यै राम्रो सम्बन्ध रहेन ।

श्रोतले भन्यो कांग्रेसको तीब्र दबावपछि सरकारले ज्ञवालीलाई विहीबार चारबुँदे स्पष्टीकरण सोधेको छ । भूकम्पबाट प्रभावित संरचनाको पुननिर्माण सम्बन्धी ऐन ०७२ को दफा ११ को उपदफा ४ लाई टेकेर सरकारले ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै पदबाट हटाउने तयारी अनुरुप यो स्पष्टीकरण सोधिएको हो ।

गोविन्द पोखरेल वा गोपाल खड्कालाई ल्याउने तयारी

पुननिर्माण प्राधिकरणको सिइओ पदसँग कांग्रेसको प्रतिष्ठा गाँसिएको छ । एउटै सरकारमा रहेका बेला कांग्रेस र एमालेबीच दूरी बढ्नुको एउटा कारण पनि यही पद थियो । किनकि यसमा दुबैले आँखा गाडेका थिए ।

सुशील कोइराला सरकार ढलेर केपी ओली नेतृत्वको सरकार बनेपछि पनि प्राधिकरणका कार्यकारी प्रमुखको विवादकै कारण संसदबाट ऐन पारित हुन निकै समय लाग्यो । कांग्रेसले ऐनमै सीइओमा गोविन्द पोखरेलको नाम राख्नुपर्ने अडान लिएको थियो ।

योजना आयोगको उपाध्यक्ष भइरहेका बेला सुशील कोइरालाले पोखरेललाई पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी बनाएका थिए । पोखरेलको हातमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति हुने अवसरसमेत त्योबेला थियो । तर, प्राधिकरणमा आकर्षण देखेर पोखरेल उपकुलपति बन्न गएनन् ।

अहिले कांग्रेसले प्राधिकरणको कार्यकारी प्रमुख पाउँदा त्यसमा को नियुक्त हुने भन्ने चर्चा चलिरहेको छ । पहिलो नम्बरमा पोखरेलकै नाम आइरहेको छ । उनी सुशील कोइराला पक्षबाट कांग्रेस महाधिवेशनमा चुनाव लडे पनि पछिल्लो समय उनले देउवालाई पनि दाहिना बनाएका छन् ।

स्रोतका अनुसार पुननिर्माण प्राधिकरणमा पोखरेलको प्रतिष्ठासँगै कांग्रेसको पनि प्रतिष्ठान गाँसिएकाले फेरि उनैलाई ल्याउने सम्भावना छ । त्यसो त आयल निगमका महाप्रबन्धक गोपाल खड्काले समेत प्रधानमन्त्री र सत्ता साझेदार राप्रपामार्फत प्रमुख कार्यकारी हुन दबाव बढाएका छन् ।

ज्ञवालीमाथि चार आरोप

सरकारले ज्ञवालीमाथि मुख्यतः चार वटा अभियोग लगाएर स्पष्टीकरण सोधेको छ । पहिलो नम्बरमा प्राधिकरण र सरकारी निकायबीच समन्वय गर्न नसकेको भनिएको छ । त्यस्तै दोस्रो नम्बरमा कर्मचारी परिचालन गर्न असक्षम भएको भनिएको छ ।

तेस्रो नम्बरमा अनुदान वितरणमा अपेक्षित काम गर्न नसकेको र चौथो नम्बरमा निर्देशक समितिका बेला बेलाका निर्देशनहरु अनुरुप काम नगरेको भनिएको छ ।

प्रकाशित मिति: Dec 30, 2016

प्रतिक्रिया दिनुहोस्