Logo
८ बैशाख २०८१, शनिबार
(December 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संशोधन बिना कुनै पनि चुनाव आफूहरुलाई मान्य नहुने

काठमाडौं, १४ पुस । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संशोधन बिना कुनै पनि चुनाव आफूहरुलाई मान्य नहुने बताएका छन् । उनले अहिलेको मुख्य काम संविधान संशोधन रहेकोले कुनै पनि चुनावले मुलुकको समस्या समाधान नहुने दाबी गरे । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीद्वारा हुने षड्यन्त्रको विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्वारा १८ गते सोमबार मधेशको सवै जिल्लामा खबरदारी विरोध प्रदर्शन गर्ने निर्णय भएको समेत बताएका छन् ।

सद्भावना पार्टीको केन्द्रीय कार्यालयमा बिहीबार मजदुर मञ्च स्मारिका पुस्तक विमोचन गर्दै महतोले तीन दलद्वारा संविधान संसोधन विना नै स्थानीय निकाय वा तहको चुनाव गराउने कुरा कुनै पनि हालतमा स्वीकार्य वा मान्य नहुने बताए । मधेशी टे«ेड युनियन महासंघको स्मारिका पुस्तक प्रकाशनबाट मजदुरवर्गहरुको वैचारिक, सांगठनिक र अन्य गतिविधीहरुको सन्दर्भमा लेखिएकोले यसबाट धैरै नै ज्ञानबद्र्धक सावित हुने बताए ।

कार्यक्रममा महासचिव सरोज कुमार यादव, सचिव राजाराम पासवान, केन्द्रीय सदस्य निभा साह, उपेन्द्र महतो, रामकिशोर सिंह, अनिल महासेठ, मधेशी टे«ड युनियन महासंघ नेपालका केन्द्रीय अध्यक्ष तथा पार्टी केन्द्रिय सदस्य पल्टन ठाकुर, केन्द्रीय सदस्य डा. रिना यादव, शिताशरण ठाकुर र मजदुर मञ्च स्मारिकाको सम्पादक विनोद विश्वकर्मा ‘विमल’ एवं ट्रेड युनियन महसंघको कोषाध्यक्ष साधना यादव लगायत महासंघका अन्य सदस्य तथा पार्टीका नेतागण सहभागी थिए ।

प्रकाशित मिति: Dec 29, 2016

प्रतिक्रिया दिनुहोस्