Logo
१५ चैत्र २०८०, बिहीबार
(December 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मधेस अलग राष्ट्र’ माग्ने सांसद अभिषेकविरुद्ध कारवाही पक्रिया सुरु !

काठमाडौं, १२ पुस । फेसबुकमा स्टाटस लेखर अलग राष्ट्रको रुपमा मधेश मागेका एक जना सांसदलाई कारवही प्रक्रिया थालिएको छ । संघीय समाजवादी फोरम नेपालले ‘अलग राष्ट्र मधेस’ माग्ने आफना सांसद अभिषेकप्रताप शाहलाई दोस्रो चरणको स्पष्टीकरण सोधेर कारवही थालेको हो ।

उक्त पार्टीका अध्यक्ष उपेन्द्र यादवको निर्देशनमा महासचिव रणध्वज कङ्दङ्वाले १५ दिनभित्र जवाफ पेस गर्नेगरी ४ वटा प्रश्नहरु सोधेर सांसद शाहसँग स्पष्टीकरण लिएका हुन् ।

पार्टीका उपमहासचिव समेत रहेका साहले केही दिनअगाडि आफनो फेसबुक स्टाटसमा ‘बस करो मधेसी नेता अब आओ वापस मधेस, बन्द करो दानापानी तेल और मागो अलग राष्ट्र मधेस’ भन्दै देश टुक्राउने आशय व्यक्त गरेका थिए ।

त्यसलगत्तै अध्यक्ष यादवले मौखिक रुपमा सचेत गराएका थिए । तर, उनी रोकिएनन् । झन उग्र बन्दै गएपछि उपेन्द्रले एक्शन लिँदै स्पष्टिकरण सोधेका हुन् ।

संसद शाह कपिलवस्तु–५ बाट दुई दुईपटक प्रत्यक्ष निर्वाचित सांसद साहले देश टुक्राउनेका साथसाथै पछिल्लो समय पार्टी अध्यक्षमाथि अशिष्ट भाषा प्रयोग गर्दै आएपछि उनलाई अनुशासनको कारवाही गर्नेतर्फ पार्टीले विचार गरिरहेको बताइन्छ ।

शाहलाई सोधेका प्रश्नहरु:
१.तपाईँले आफनो फेसबुक स्टाटसमा ‘बस करो मधेसी नेता अब आओ वापस मधेस, बन्द करो दानापानी तेल और मागो अलग राष्ट्र मधेस’ भन्ने अभिव्यक्तिहरु दिनु भएको साँचो हो ?
२.यदि यो साँचो हो भने अमर्यादित–अराजनीतिक शव्दहरुको अभिव्यक्तिले हाम्रो सिंगो पार्टीको मर्यादामा आँच पुग्दैन रु मधेस टुक्रिन्छ, छुट्टै देश हुन्छ भन्ने अभिव्यक्ति हाम्रो पार्टीको नीति विपरित भएन र ?
३. पार्टीको मार्गदर्शक सिद्धान्त र नीतिबारे जानकारी भए नभएको तथा त्यसबारे विश्वास भए नभएको ?
४. सामाजिक सञ्जाल तथा अन्य स्थानबाट ‘देशद्रोही’ तथा ‘राष्ट्रघाति’ अभिब्यक्ति दिने तपाई लाई अनुशासनको कारबाही गर्ने कि नगर्ने ?

प्रकाशित मिति: Dec 27, 2016

प्रतिक्रिया दिनुहोस्