Logo
६ बैशाख २०८१, बिहीबार
(December 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली भन्छन–’दुई नम्बर प्रदेश पनि सच्याउनुपर्छ’

काठमाडौं, पुस ११ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले दुई नम्बर प्रदेश पनि सच्याउनुपर्ने बताएका छन् ।राजधानीमा सोमबार आयोजित ‘मधेस भ्रम र यथार्थ’ विषयक अन्तर्क्रियमा कार्यक्रममा बोल्दै ओलीले सीमांकन गर्दा नमिलेको दुई नम्बर प्रदेश पनि मिलाउनुपर्ने बताएका हुन्।

‘ अरु प्रदेश ठीक छन् भन्ने होइन। बिग्रिएको दुई नम्बर प्रदेश हो। त्यसलाई उपर्युक्त समयमा विधिवत मिलाउनुपर्छ,’ ओलीले भने।
एमालेले कुनै पनि सहमति नगरेको भन्दै ओलीले भने,‘ कुनै बेला सहमतिका लागि गरिएको प्रस्तावलाई पहिले मान्यो अहिले आएर मानेन भन्नू गलत हो,’ उनले भने, ‘दाहालले एकपटक मलाई प्रधानमन्त्रीका लागि सही गरेको तर अहिले फेरे भनेर मैले प्रश्न गर्न मिल्छ?’
संघीयता कुनै धर्म नभएको भन्दै उनले यो ठीक होला कि नहोला भन्दै बस्ने दिन नभएको जिकिर गरे।

प्रकाशित मिति: Dec 26, 2016

प्रतिक्रिया दिनुहोस्