Logo
८ बैशाख २०८१, शनिबार
(December 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले कार्यालयमै बामदेवलाई ‘मधेस’ बारे अहिराजको कडा जवाफ

काठमाडौं– एमाले उपाध्यक्ष बामदेव गौतमले ‘मधेस’ शब्दको जन्म २०६३ सालपछि मात्रै भएको बताएका छन् । तर मधेसी बुद्धिजिवि डा. राजेश अहिराजले गौतमको भनाईलाई खण्डन गर्दै मधेसबारे चर्चापरिचर्चा २००८ सालदेखिनै हुन थालेको बताए । एमाले पार्टी कार्यालयमा मधेसको भ्रम र यथार्थ विषयक अन्तरक्रिया कार्यक्रममा गौतमले मधेसबारे टिप्पणी गरेपछि अहिराजले भने, ‘विसं २००८ सालमा कुलानन्द झा र देबानन्द झाले तराई कांग्रेस पार्टी खोलेका हुन् ।

त्यतिबेलैदेखि मधेस बारे चर्चा परिचर्चा सुरु भएको हो ।’ यसअघि बामदेवले भनेका थिए– ‘नेपालमा मधेसमा भन्ने शब्द ०६३ सालमा आएको हो । त्यो पहिले थिएन। ’

कार्यक्रममा गौतमले भने–
–उपेन्द्र यादवले मधेस आन्दोलन गरेका हुन् । पछि माओवादीको दवावमा मधेस भन्ने शब्द आएको हो । पहिले थिएन।
– मधेस आन्दोलन जनताको होइन । केहि मधेसीको मात्रै हो । त्यो गलत छ ।
–संघीयता पनि हाम्रो मोडेलको हुनुपर्ने तर भारत र अमेरिकाले आ–आफ्नो विषेशताको संविधान लाड्न खोजेका छन् ।
–जात र भाषाको आधारमा राज्य छुटाउने हो भने देश गृहयुद्धमा जान्छ । हाम्रै विषेशताको संघीयता चाहिन्छ ।
राजेश अहिराजले भने–
राष्ट्र र राज्य नस्लवादबाट जन्मियो भने त्यहाँ हिंसा हुन्छ ।
–अब मधेसी शब्द हट्दैन नेपालबाट । मधेसीले समानता चाहेका छन् ।
–उनले ऋत्तिक रोशन काण्ड आजकै दिन भएको स्मरण गर्दै त्यतिबेला पनि मधेसीलाई हेपिएको बताए ।
– त्यही काण्डबाट हामी नेपाली कि मधेसी भएको भन्ने विजारोपण भएको हो ।
–बस दुर्घटना हुन्छ भने चालकको दोष हुन्छ । अहिलेसम्म ३८ प्रधानमन्त्री भए तर मधेसका भएनन् । प्रम चालक हुन् । यहाँ पनि चालककै दोष भयो।

–उनले मधेसीलाई विखण्डनकारी भनिनु गलत भएको बताए । उनले मधेसका नागरिकले खोजेको के भन्ने राज्यले ठम्याउन नसकेको समेत बताए । उनले भने–उनीहरुले समानता खोजेको छन् । यसले देशकै हित हुन्छ ।
उनले माक्सवाद लेलिनबाद मान्न जात नचाहिने तर मधेसी बन्नचाहिँ जान चाहिने भन्दै आक्रोश समेत पोखे । रातोपाटीमा समाचार छ ।

प्रकाशित मिति: Dec 26, 2016

प्रतिक्रिया दिनुहोस्