Logo
७ बैशाख २०८१, शुक्रबार
(December 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शाकाहारी बन्नका लागि आग्रह गर्दै  सडकमा निर्वस्त्र सुतिन् महिला

जब बेलायतको लिभरपुलमा बटुवाहरुले सडकको बिचमा एक महिलालाई नग्न अवस्थामा पल्टिएको देखे, सबै अचम्ममा परे । उनीमाथि कुनै आपत् परेको वा दुर्घटना भएकाले त्यसरी सडकबीचमा नाङ्गै पल्टिएको हुनसक्ने लख काटियो सुरुमा । तर जब मानिसहरु उनको नजिक पुगे, काण्ड त अर्कै रहेछ ।

लिभरपुलमा सहरको मध्य भागमा एक ठूलो प्लेट आकारको पेन्टिंगमा ती महिला निर्वस्त्र भएर सुतेकी थिइन् र उनको छेउमा केही तरकारीहरु राखिएको थियो ।

त्यहाँ शाकाहारी बन्नका लागि आग्रह गर्दै केही सन्देश पनि लेखिएको थियो । मानिसहरुलाई मासुको साटो सागपात खान अपिल गरिएको थियो र मानिसहरुलाई क्रिसमसमा मासु नखान अपिल गरिएको थियो ।

यो पूरै नौटङ्की एक अभियानको हिस्सा हो । जनावर अधिकारको पक्षमा काम गर्ने संस्था पेटाले त्यो अभियान चलाएको हो । जस अन्तरगत मानिसहरुलाई मांसाहारी भोजन त्यागेर शाकाहारी बन्न आग्रह गरिँदै आएको छ ।

मानिसहरुले शाकाहारी समाज निर्माणका लागि मध्य सडकमा निर्वस्त्र हुने अभियानकर्मी महिलाको प्रशंसा गरेका छन् र धेरैले उनको फोटो पनि खिचे ।@ एजेन्सीको सहयोगमा

प्रकाशित मिति: Dec 25, 2016

प्रतिक्रिया दिनुहोस्