Logo
१३ बैशाख २०८१, बिहीबार
(December 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सलमानले छाड्दा शाहरुख खान चम्के

काठमाडौं । बलिउड स्टार सलमान खानले आफ्नो करिअरमा धेरै हिट ब्लकबस्टर फिल्म दिएका छन् । तर, हैरानीको कुरा भने उनले अरू पनि धेरै हिट फिल्महरू खेलेका थिएनन्, छाडेका थिए । सलमान खानका धेरै कम फ्यानहरुलाई मात्र थाहा होला कि उनले यस्ता फिल्महरु ‘नाइँ’ भने जसलाई शाहरुख र आमिर खानले गरे । पछि यी चलचित्रलाई बक्स अफिसमा सफलता मिल्यो र ब्लकबस्टर भएको दैनिक भाष्कर डट कमले जनाएको छ । हेर्नुहोस् ६ ब्लकबस्टर फिल्म जसलाई सलमान खानले विभिन्न कारणले. नकारेका थिए ।

चलचित्रः दिलवाले दुल्हनिया ले जाएंगे
रिलिजः १९ अक्टुबर १९९५
स्टारकास्टः शाहरुख खान, काजोल, अनुपम खैर, अमरिश पुरी, फरीदा जलाल, मंदिरा बेदी

यशराज ब्यानरको सन १९९५ मा आएको चलचित्र ‘दिलवाले दुल्हनियाले जाएंगे’ मा राज मल्होत्रा (शाहरुख खान) को भूमिको पहिले सलमानलाई दिइएको थियो । तर, विभिन्न कारणले सलमानले यो चलचित्र गर्न मानेनन् । पछि यो भूमिका शाहरुख खानलाई दिइयो । र, यो रोमान्टिक ड्रामा चलचित्रले सफलताको सबै रेकर्ड तोडेर विश्वव्यापी हिट भयो । यद्यपि समाचारहरुलाई विश्वास मान्ने हो भने, यो चलचित्र सैफ अलि खानलाई पनि अफर भएको थियो ।

 

चलचित्रः बाजीगर
रिलिजः १२ नोभेम्बर १९९३
स्टारकास्टः शाहरुख खान, काजोल, शिल्पा शेट्टी, जोनी लीवर, राखी गुलजार

अब्बास मस्तानको थ्रिलर मुभि ‘बाजीगर’ मा नेगेटिभ रोल भएपछि सलमानले यो चलचित्रलाई इन्कार गरिदिए । पछि ‘नेगेटिभ सेड’ भएको यो चलचित्रको भूमिका शाहरुखले निर्वाह गरे । र, चलचित्र ब्लकबस्टर भयो ।

चलचित्रः चक दे इन्डिया
रिलिजः १० अगस्ट २००७
स्टारकास्टः शाहरुख खान, सगारिका घाटगे, विद्या मालवगडे, चित्रांशी रावत, शिल्पा शुक्ला

यशराज ब्यानर र शिमित अमीनको निर्देशनमा बनेको चलचित्र ‘चक दे इन्डिया’ मा हकी कोच कबीर खानको भूमिका सलमान खानका लागि लेखिएको थियो । तर, चलचित्रको सुटिङ समयका कारण सलमानले यो चलचित्रलाई क्यान्सल गरिदिए । पछि चलचित्रको भूमिका शाहरुखले निर्वाह गरे र यही चलचित्रबाट उनले उत्कृष्ट नायकको अवार्ड जिते ।

चलचित्रः जोश
रिलिजः ९ जुन २०००
स्टारकास्टः शाहरुख खान, ऐश्वर्या राय, चन्द्रचुर सिंह, प्रिया गिल, शरद कपुर

मन्सुर खानको निर्देशनमा बनेको ‘एक्सन–क्राइम ड्रामा मुभी’ जोश मा म्याक्सको भूमिका सलमानले गर्ने कुरो थियो । तर, मितिको विषयमा कुरा नमिले पछि यसमा शाहरुख खानले भूमिका गरे । चलचित्र सुपरहिट भयो । होहल्लाको कुरा गर्ने हो भने, सलमान यस चलचित्रमा ऐश्वर्याको भाइ भएर खेल्न चाहाँदैन थे । यसैले उनले चलचित्र छाडे ।
चलचित्रः कल हो न हो
रिलिजः २८ नोभेम्बर २००३
स्टारकास्टः शाहरुख खान, प्रिटी जिन्टा, सैफ अली खान, जया बच्चन, रानी मुखर्जी ।

धर्मा प्रोडक्शनको ब्यानरमा बनेको यो ‘रोमान्टिक कमेडी ड्रामा मुभी’ का लागि सैफ अलि खानको ठाउँमा सलमान खानले गर्नु पर्नेथ्यो । तर, शाहरुख र सलमानका बीच चलिरहेको सित युद्ध र शाहरुखको अपोजिट सेकेन्ड रोल हुनुका कारण सलमानले यो चलचित्र छोडेका थिए । पछि चलचित्र ब्लकबस्टर भयो ।

चलचित्रः गजनी
रिलिजः २५ डिसेम्बर
स्टारकास्टः आमिर खान, आसिन, जिनया खान, प्रदीप रावत

यो चलचित्रका बारेमा धेरै अफवाह पनि फैलियो । आमिर खानले चलचित्रको स्क्रिप्ट पढेपछि यसको भूमिका आफूलाई भन्दा बढी सलमानलाई सुहाउने बताएका थिए । यद्यपि पछि जे भएपनि ‘गजनी’ मा साइकोको भूमिकामा आमिर खानलाई मन पराइयो । चलचित्र ब्लकबस्टर भयो । @एजेन्सी ।

प्रकाशित मिति: Dec 25, 2016

प्रतिक्रिया दिनुहोस्