Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘खल्तीमा कैंची र सलाई हालेर हिँडेकोले तर्सियो’

काठमाडौं, पौष १० । प्रमुख विपक्षी दलका नेता केपी ओलीले निर्वाचनका लागि सिन्कोसम्म नभाँचेको भन्दै प्रधानमन्त्री पुष्पकमल ख्दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् ।

खल्तीमा कैंची र सलाई हालेर हिँडेकोले तर्सियो भन्दै ओलीले ब्यङ्ग गरेका हुन् । विपक्षी ९ दलले आइतबार सिंहदवारमा गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले यस्तो कुरा बताएका हुन् ।

एक थान हेलिकोप्टरमा एउटा झुण्ड बोक्यो, जहाँ भेट्यो त्यही कैंची चलायो भने पछि पत्रकार सम्मेलनमा निकै हासो चलेको थियो । माओवादी सशस्त्र विद्रोहलाई ‘असफल वितण्डा’ भन्दै ओलीले त्यसको जयजयकार गर्न प्रधानमन्त्रीले राज्यकोष दुरुपयोग गरेको आरोप लगाए ।

प्रकाशित मिति: Dec 25, 2016

प्रतिक्रिया दिनुहोस्