Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोही २२, कोही २४ : उमेरको अन्तर हुने नेपाली सेलिब्रेटी जोडीहरु

काठमाडौं । नेपालीमा एउटा उखान छ जुत्ता हेर्दा ठूलो हेर्नु पर्छ, बुहारी हेर्दा सानो । यो उखान धेरैको जीवनमा लागू हुन्छ । तर कसै कसैले यति सानो उमेरको श्रीमती ल्याउछन् की सबैलाई अचम्म पारिनै दिन्छन् । समान्य मानिस देखि राजनीतिज्ञ होस् या सेलिब्रेटी ।

उनीहरुले पनि आफू भन्दा धेरै कान्छी उमेरकी केटी विवाह गरेको पाइन्छ । अझ खाईलाग्दो ज्यान । आर्कषक व्यक्तित्व । अभिनयमा अब्बल, अभिनेताहरुका बढी महिला फ्यानहरु हुन्छन् । विपरित लिङ्गप्रतिको आकर्षणले अभिनेताहरुसँग नजिक हुन खोज्नेहरु युवतीहरु प्रशस्तै भेटिन्छन् ।

स्टारडमका कारण हुन सक्छ वा अन्य केही कारण , कम उमेरका कतिपय युवती अभिनेताका लागि मरिमेट्छन् । त्यसैले अभिनेताहरुलाई निकै कम उमेरकी युवती सहजै मिल्छन् । महानायक राजेश हमाल हुन् वा दशकौँ देखि सिनेमामा सक्रिय भुवन केसी ।

आधा शताब्दीको उमेर पार गर्दासमेत उनीहरुप्रति दशकौँ कम उमेरका युवतीहरु आकर्षित हुन्छन् । भुवन केसीले आफ्नो छोरीको उमेरकी युवती जिया केसीसँग केही बर्ष अफस्क्रिन रोमान्स गरे । तर उनले आफ्नो रोमान्सलाई विवाहमा परिणत गरी सकेका छैनन् । हेर्दै जाउ उनीहरुको विवाह होला की नहोला ।

भुवन केसीले अहिले नै कम उमेरकी युवतीसँग विवाह नगरेपनि अन्य केही अभिनेता तथा अभिनेत्रीहरुले दुई दशक भन्दा धेरै कान्छा वा जेठासँग विवाह गरेर घरजम गरेका छन् ।

Image result for rajesh hamal and madhu bhattarai

राजेश हमाल र मधु भट्टराई

विवाह भन्दा पहिले महानायक राजेश हमाललाई चाहने युवतीहरुको कमी थिएन । यसैलाई बुझेर पनि हुनसक्छ उनले झण्डै ५० वर्षको हाराहारीमा विवाह गरे । उनको स्टारडमकै कारणले हुन सक्छ उनी भन्दा झण्डै तीन दशक कान्छी युवतीले उनलाई प्रेममा पारीन् । मोडल मधु भट्टराईसँगको प्रेमलाई राजेशले विवाहमा परिणत गरे । राजेश हमालको जन्म वि सं २०२१ सालमा भएको हो । अहिले उनी ५२ वर्षको वरिपरि छन् । मधु अहिले ३० वर्षमा हिँड्दै छिन् । यस हिसाबले राजेश र मधुबीचमा झण्डै २२ वर्षको फरक छ । उमेरमा धेरै फरक हुँदा वैवाहिक जीवनमा बिभिन्न कठिनाई आउने भोग्नेहरु बताउँछन् । तर, राजेश र मधुको जोडि भने एकअर्काको साथ पाएर निकै खुसी छन् ।

Image result for swastima khadka and nischal basnet

निश्चल बस्नेत र स्वस्तीमा
लुटका निर्देशक निश्चल बस्नेतले पनि आफूभन्दा १४ वर्ष भन्दा बढी कान्छी उमेरकी स्वस्तीमासंग विवाह गरेका छन् । एकअर्काको साथमा रमाउन सक्यो भने उमेरले केही पनि फरक पार्दैन भन्दै यो जोडी अघि बढिरहेको छ । एकअर्काको उमेरमा भएको अन्तरले कुनै पनि समस्या नपरेको भन्दै यो जोडी आजको मितिसम्म खुशी छन् । आफ्नो वैवाहीक सम्बन्धको बारेमा उनीहरुले मिडियासँग पनि धेरै पटक भनिसकेका छन् । नायिका स्वस्तीमा २१ बर्षकी भइन् भने निश्चल ३४ वर्षका भए । निश्चल करिअरमा सफल र स्थापित भईसकेका छन् भने स्वस्तीमा करिअको सुरुवातमै छिन् । हेरौँ उनीहरुको वैवाहीक सम्बन्ध अगाडि कसरी बढ्छन् । हामी चहान्छौँ उनीहरुको सम्बन्ध दीगो र बलियो होस् ।

Image result for karishma and binod manandhar

करिष्मा मानन्धर र विनोद मानन्धर

सदावाहर नायिका करिष्मा मानन्धर र निर्माता विनोद मानन्धरको प्रेम विवाह भएको हो । उनीहरुको प्रेमकहानी र विवाह प्रसंग निकै अनौठो छ । केही समय सँगै काम गरेपछि अचानक करिष्माले नै विनोदलाई विवाहको प्रस्ताव राखेकी थिईन् । विवाह हुने समयमा करिष्मा १८ बर्षकी थिईन् भने विनोद ३८ बर्षका । यस हिसाबले उनीहरुको उमेरमा पनि दुई दशकको फरक छ । एक छोरीको अभिभावक यो जोडीलाई पनि उमेरको अन्तरले खासै असर नपारेको देखिन्छ ।

रेखा थापा र छविराज ओझा
करिअरको सुरुवातमै विवाह गर्ने अभिनेत्री हुन् रेखा थापा । सिनेमा हिरोबाट सिनेमामा प्रवेश गरेकी उनलाई त्यहि सिनेमाले जीवन साथी भेटाईदियो । त्यहि सिनेमाका निर्माता छविराज ओझासँग उनको विवाह भयो । विवाह गरेर केही समय पछि नै रेखालाई छविको साथले स्थापित गराईदियो । उनी अभिनेत्रीका साथै निर्मात्री पनि भईन् । दिनप्रतिदिन उनको करिअर सफल हुँदै गए तर वैवाहिक जीवन भने असफलतातिर धकेलियो । एकअर्काको मन अनि विचार मिल्न छाडेपछि उनीहरुले एउटै छानामुनी नबोलेरै केही वर्ष गुजारे । हाल उनीहरु कानुनी रुपमै अलग भईसकेका छन् । रेखा र छविको उमेरमा १८ बर्षको अन्तर थियो । ५४ वर्षिय छवि अहिले आफूभन्दा आधा उमेरकी अभिनेत्री शिल्पा पोखरेलसँग विवाह गर्ने प्रसंगले चर्चामा छन् भने ३२ बर्षिय अभिनेत्री रेखा राजनीतिमा प्रवेश गरेर चर्चामा छिन् ।


मिथिला शर्मा र मोतीलाल बोहोरा
अभिनेत्री मिथिला शर्माले बुढेशकालमा ७४ वर्षिय मोतीलाल बोहोरासँग विवाह गरेर सबैलाई चकित बनाईदिईन् । उनले चार दशक पार गरेपछि लगन गाँठो कस्नु सबैको लागि आश्चर्य थियो । ५० बर्षिय अभिनेत्री मिथिलाले आफूभन्दा २४ बर्ष जेठा मोतिलालसँग विवाह गरेकी हुन् । बुढेशकालमा सुरु भएको प्रेमलाई उनीहरुले विवाहको रुप दिएका हुन् । मिथिलासँग विवाह गर्नुभन्दा एक बर्ष अघि मात्रै बोहोराकी श्रीमतीको निधन भएको थियो । मोतीलाल पूर्व आई जिपि हुन् । उनीहरुको दुई बर्ष अघि विवाह भएको हो ।

श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्का
अभिनेता श्रीकृष्ण श्रेष्ठ अहिले हामी माझ छैनन् । स्वेता खड्कासँग विवाह गरेको एक महिनामै उनले संसार छाडेका हुन् । श्रीकृष्ण वि सं २०२४ सालमा जन्मीएका हुन् । राजेश हमालसँग सँगैका उनले जन्मीएको झण्डै ५ दशकमा विवाह गरे । चलचित्रमा नायिका खोज्ने क्रममा उनले स्वेता खड्कालाई भेटेका हुन् । आधा उमेरले कान्छी स्वेतासँग उनले पर्दा पनि बाँडे । अभिनय गर्दा गर्दै उनीहरुबीचको प्रेम मौलायो । आखिर प्रेमलाई उमेरको हदबन्दी त थिएन । त्यसैले उनीहरुको केहि वर्षको प्रेम विवाहमा परिणत भयो । धेरै सपना बटुलेर नायिका स्वेता र श्रीकृष्णले बिवाह गरेका थिए । तर, विवाह भएको एक महिनापछि देखि नै श्रीकृष्णले उनको साथ छाडे । श्रीकृष्ण र स्वेताबीचमा २२ वर्ष को फरक थियो ।

शिव श्रेष्ठ र श्रृजना श्रेष्ठ

बहुविवाह र कान्छी उमेरको श्रीमती ल्याउने अभिनेता मध्ये अर्का अभिनेता हुन शिव श्रेष्ठ । उनले गंगादेवि श्रेष्ठसंग २०२८ सालमा झ्याई पारे पनि लामो समयसम्म सम्बन्ध टिक्न सेकन । अन्तत : उनले चितवन रामनगरकी श्रृजना श्रेष्ठ संग विवाह गरे । उनकी कान्छी श्रिमती शिव भन्दा २२ वर्ष कान्छी छिन् ।

हुन त भन्नेहरु भन्छन् माया प्रेम र विवाहमा उमेर जातपात धर्म भुगोलले असर गर्दैन । तर अर्का थरीको तर्क भने यस्ले ठूलो अर्थ लाग्छ भन्ने छ । जे होस् विवाह पछि कस्ले कती त्याग र समझदारीता दर्साउछ त्यसले विवाह पछिको जीवन कसरी अगाडि बढ्छ भन्ने निक्र्यौल गर्छ ।

सौजन्य : फर्सिनेटवर्कबाट

प्रकाशित मिति: Dec 25, 2016

प्रतिक्रिया दिनुहोस्