Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय खेलकुद औपचारिक रुपमा सुरु, राष्ट्रपतिद्वारा उद्घाटन

बिराटनगर ।  तीनवर्ष अघि नै हुनुपर्ने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा शुक्रबारबाट औपचारिक रुपमा सुरु भएको छ ।  ‘पूर्वाञ्चलमा खेलकुद सातौं, विविधतामा रमाएर बाँचौ’ भन्ने नाराका साथ पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट औपचारिक रुपमा सुरु भएको हो । विराटनगरस्थित सहिद रंगशालामा राष्ट्रपति विद्या भण्डारीले औपचारिक रुपमा उद्घाटन गरेसंगै चारपटक मिति सरेको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको हो ।

सातौं राष्ट्रिय खेलकुदको समापन भने एन्फा टेक्निकल सेन्टर धरानमा पुस १५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले यसअघि गतवर्ष मङ्सिर र माघमा तथा यसवर्ष पनि मंसिर ८–१५ मा प्रतियोगिता गराउने निर्णय गरेको थियो । तर, भौतिक पूर्वाधार र खेल मैदानको काम नसकिँदा प्रतियोगिता एक महिनापछि सरेको हो ।

सातौं राष्ट्रिय खेलकुदको उद्घाटनका अवसरमा तेक्वान्दोका किर्तिमानी खेलाडी दिपक बिष्ट लगायत विभिन्न ओलम्पियनले धनगढी रंगशालाबाट ल्याएको मसाल पूर्वान्चलका सात ओलम्पियनलाई हस्तान्तरण गरिएको थियो । बिष्टसहित हरि रोकाया, बिमला राना मगर,जित बहादुर केसी, टिका बोगटी, बिष्णु सिह र कृष्ण बस्नेतले धनगढीबाट ल्याएको ओलम्पिक मसाल पुर्वान्चलका ओलम्पियनहरु पुस्प राज ओझा, नरेन्द्र पोमा,अर्जुन पण्डित,डमर कुवर,मेनुका राउत,चन्द्र कला थापा र टिकाराम श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।

त्यस्तै उद्घाटनको अवसरमा पूर्वाञ्चलको पहिचान झल्काउने झाँकी र नाचगान प्रदर्शन गरिएको थियो । उद्घाटन समारोहमा युवा तथा खेलकुद मन्त्रि दलजित श्रीपाली, युवा तथा खेलकुद मन्त्रालयका सचिब महेस प्रसाद दाहाल, राखेप सदस्यसचिब केशब कुमार बिष्ट लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Dec 23, 2016

प्रतिक्रिया दिनुहोस्