Logo
१३ बैशाख २०८१, बिहीबार
(December 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेश विरोधी भन्दै मधेशमा एमालेको झण्डा जलाइयो

सिरहा, ८ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज सिरहाको लहानमा नेकपा एमालेको पार्टी झण्डा जलाएको छ भने कार्यक्रम विथोल्ने प्रयास गरिरहेको छ । सिरहाको लहानमा आज नेकपा एमाले प्रदेश नम्बर २ को प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भनिएको थियो, तर मोर्चाको चेतावनीपछि ओली आउने कार्यक्रम स्थगित गरिएको छ । ओलीको सट्टामा एमाले बरिष्ठ नेता माधव कुमार नेपाल लगायतका नेताहरु आउने स्रोतले जनायो ।

एमाले मधेस विरोधी रहेको भन्दै मोर्चाका कार्यकर्ताले कार्यक्रम विथोल्ने जनाएको छ । लहानस्थित सडकको विभिन्न ठाउँमा झुण्ड्याएको पार्टीको झण्डा मधेसी मोर्चाले हटाएर आगो लगाइदिएका छन् । कार्यक्रम लहानस्थित मारवाडी सेवा सदनमा राखिएको छ । सदनको वरिपरिको झण्डा हटाए मोर्चाको कार्यकर्तालाई नछाड्ने एमाले यूवा नेता कमलदेव यादबले बताए ।

लहान बजारभरी आज विहानैदेखि सुरक्षा अवस्था कडा पारिएको छ । चौक चौकमा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । एमाले र मधेसी मोर्चाको कार्यकर्ताबीच झण्ड हुन नदिन बाहिरबाट समेत सुरक्षाकर्मी लहान बोलाएको ईप्रका लहानले जनाएको छ । @ दैनिक नेपाल

प्रकाशित मिति: Dec 23, 2016

प्रतिक्रिया दिनुहोस्