Logo
६ बैशाख २०८१, बिहीबार
(December 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उजुरी संकलनमा सहयोग गर्न तमलोपाको आग्रह


काठमाडौं । महन्थ ठाकुर नेतृत्वको तराई–मधेश लोकतान्त्रिक पार्टीले मधेश–थरुहट आन्दोलनका क्रममा भएको हिंसा, हत्या, तोडफोड लगायतका विवरण संकलनमा सहयोग गर्न जिल्ला कार्यसमितिहरुलाई आग्रह गरेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मधेश/थरुहट आन्दोलनको घटनाबारे निष्पक्ष छानबिन गर्न उच्चस्तरीय आयोग गठन हुनुपर्ने माग गरेको थियो ।

तमलोपाका महामन्त्री जितेन्द्र सोनलले एक वक्तव्य जारी गर्दै मधेश/थरुहट आन्दोलनका क्रममा भएको घटनाको विवरण संकलनमा लाग्न आग्रह गरेका हुन् । मधेशी मोर्चाको सोही मागअनुसार सरकारले पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा सात सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।

तर, आयोगमा हालसम्म एउटा मात्र उजुरी परेको समाचार बाहिर आएपछि तमलोपाले घटनाको विवरण संकलन कार्यमा दतारुकताका साथ लाग्न पार्टीका नेता कार्यकर्ताहरुलाई आग्रह गरेको हो ।

प्रकाशित मिति: Dec 23, 2016

प्रतिक्रिया दिनुहोस्