Logo
१२ बैशाख २०८१, बुधबार
(December 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीसँग मधेसी मोर्चासहित संघीय गठबन्धन अझै रुष्ट

काठमाडौं, ८ पुस । संघीय गठबन्धनले सहमतिको विन्दु पहिल्याउन प्रधानमन्त्रीलाई दबाब दिने निर्णय गरेको छ।

बिहीबार बसेको गठबन्धनको बैठकले प्रधानमन्त्री झिना मसिना काममा अल्झिएको भन्दै प्रधानमन्त्रीको आलोचना गरेको हो।

’प्रधानमन्त्री झिना मसिना काममा मात्र अल्झिनु भयो, र मधेसी मोर्चासहित संघीय गठबन्धनलाई झुक्याउने काममा बढी लाग्नु भयो,’ बैठकपछि गठबन्धनका नेता एवं राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले भने, ‘महत्वपूर्ण काम छोडेर प्रधानमन्त्री सामान्य कार्यक्रममा रिवन काट्न जिल्ला जानु उचित होइन भन्ने बैठकले निष्कर्ष निकालेको छ।’

सरकार गठनताका मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति अनुसार मन्त्रिपरिषदले गर्ने कतिपय काम अझै हुन नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना भएको थियो।

मधेस आन्दोलनका क्रममा भएका घाइतेको उपचार, मृत्यु भएकालाई सहिद घोषणा गर्नेलगायत मन्त्रिपरिषदले गर्ने कामसमेत सरकारले नगरेको भन्दै प्रधानमन्त्रीको आलोचना भएको थियो।

गठबन्धनको सहमतिको साझा विन्दु पहिल्याउन तथा मधेसका माग सम्बोधन गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णयसमेत गरेको छ।

यसैगरी बैठकले सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्ताव विरुद्ध एमालेले षड्यन्त्र गरेको निष्कर्ष निकाल्दै एमालेको आन्दोलनले राष्ट्रियता कमजोर हुने र मुलुक विभाजनको स्थितिमा जाने चेतावनी दिएको छ।

एमाले राष्ट्रियता कमजोर पार्ने, सामाजिक विद्वेश बढाउने काममा उद्दत रहेको भन्दै गठबन्धनले त्यसको भत्र्सना गरेको छ।

बैठकमा बुधबार पूर्वराजा ज्ञानेन्द्रले जारी गरेको विज्ञप्तिमा विषयमा पनि छलफल भएको थियो। पूर्व राजाको विज्ञप्तिको कुनै अर्थ नरहेको निष्कर्ष निकाल्दै बैठकले विज्ञप्तिलाई निभ्ने बेलाको आगोसँग तुलना गरेको रामसपाका महासचिव केशव झाले जनाए।

’यद्यपी पूर्व राजाको विज्ञप्तिका पछाडि कसैको हात हुनसक्ने कुरामा कुरालाई नकार्न सकिन्न,’ उनले भने, ’पछिल्लो समय एमालेका गतिविधिले पूर्व राजालाई हैस्याउने काम गरेको नागरिक दैनिकमा खबर छ।

प्रकाशित मिति: Dec 23, 2016

प्रतिक्रिया दिनुहोस्