Logo
७ बैशाख २०८१, शुक्रबार
(December 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तिवारी हत्याबारे अनुसन्धान गर्न छानविन समिति गठन

काठमाडौं, ०५ पुष । सरकारले युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याबारे छानविन गर्न छानविन आयोग गरेको छ। अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माको संयोजत्वमा चार सदस्यीय छानविन समिति गठन गरिएको हो । छानविन समितिमा राष्ट्रिय अनुसन्धान विभागका एआइजी यादवप्रसाद रेग्मी, नेपाल प्रहरीका एसएसपी मनोज न्यौपाने र गृहमन्त्रालयका उपसचिव शिवराज जोशी सदस्य रहेका छन्।

समितिलाईलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ। युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको मंगलबार गोली हानी हत्या गरिएको थियो । हत्याको विरोध गर्दै युवा संघले बुधबार नै गृहमन्त्री बिमलेन्द्र निधि, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई ज्ञापनपत्र बुझाएकोसंघका प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिए।

मंगलबार तिवारीको गोली हानी हत्या भएको थियाे। गोली लागेर ढलेका उनलाई देवदह मेडिकल कलेज अस्पताल पुर्यालइएकोमा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। देवदहको खैरानीमा उनीमाथि गोली प्रहार भएको थियाे। गोली प्रहार गर्नेको पहिचान हुन सकेको छैन। पाँच नम्बर प्रदेशबाट पहाड अलग पार्ने गरी संविधान संशोधन प्रस्तावविरुद्धको आन्दोलनमा तिवारी सक्रिय थिए।

प्रकाशित मिति: Dec 20, 2016

प्रतिक्रिया दिनुहोस्