Logo
८ बैशाख २०८१, शनिबार
(December 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेडक्वाटर छाडी भैँसेपाटीमा आइजीपी बनाउने भेला

काठमाडौँ – २०७३ फागुन २ गते अर्थात् ५५ दिनपछि रिक्त हुने नेपाल प्रहरीको महानिरीक्षक पदका लागि शक्ति केन्द्रहरुमा तीव्र चलखेल शुरु भएको छ ।

चलखेल यतिसम्म भइसकेको छ किन आइजिपी बनाउनका लागि राजनीतिक दलदेखि नेपालस्थित भारतीय दूतावस मिलाउने र आर्थिक जोहो गर्नेसम्मको योजना बनिसकेको आजको साँघु साप्ताहिकमा समाचार छापिएको छ ।

आइजीपीका दाबेदार डिआइजीहरु एक नम्बरका नवराज सिलवाल, दुई नम्बरका प्रकाश अर्याल, तीन नम्बरका जयबहादुर चन्द र चार नम्बरको बमबहादुर भण्डारी हुन् ।

रोलक्रममा २ नम्बरमा रहेका डिआइजी अर्याललाई आइजीपी बनाउन एमाले उपाध्यक्ष तथा पूर्व गृहमन्त्री बामदेव गौतमको निवास भैँसेपाटीमा समेत गोप्य छलफल र बैठकहरु बसेको बामदेव निकट स्रोतलाई उद्धृत गर्दै साँघुले लेखेको छ ।

स्रोतका अनुसार २०७३ मंसिर २३ गते साँझ एउटा विशेष झमघट नै भएको थियो ।

प्रकाशित मिति: Dec 19, 2016

प्रतिक्रिया दिनुहोस्