Logo
७ बैशाख २०८१, शुक्रबार
(December 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भागबण्डामा तुहियो कारोबार दैनिकको आन्दोलन

काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष भवन भट्टको लगानी रहेको कारोबार दैनिकमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको माग राख्दै केही पत्रकारहरुले गरेको आन्दोलन भागबण्डामा टुंगिएको छ । संस्थापक सम्पादक प्रतीक प्रधानले छाडेदेखि नै ओरालो लागेको कारोबार एक सातादेखि नेतृत्वबिहिन बनेको छ ।

प्रधानसम्पादक डा. पुष्प अधिकारीको नाम प्रिन्टलाइनबाट हटाइएको छ । तत्काल नयाँ सम्पादक नियुक्तिको संभावनना समेत नरहेको बताइन्छ । अध्यक्ष भवन भट्ट र प्रवन्ध निर्देशक शिशीर भट्ट हाल अमेरिकामा रहेकोले वार्षिकोत्सवको मुखैमा कारोबार नेतृत्वबिहिन हुँदा सबैभन्दा ठूलो संकट मार्केटिग बिभागमा परेको छ । आन्दोलनकारीलाई साहुले पत्रिका जिम्मा लगाएको सन्देश बजारमा फैलँदा कर्पोरेट क्षेत्रमा समेत कारोबार बदनाम भएको विज्ञापनदाताले नाक खुम्च्याएका छन् ।

प्रतीक प्रधानपछि सम्पादक बनेका सञ्जय न्यौपाने (हाल स्वर्गीय)लाई धम्क्याउँदै कामै नगरी तलब मात्र बुझ्ने केही पत्रकारहरु गत चैतमा डा. पुष्प अधिकारी सम्पादक भएर आएदेखि नै असन्तुष्ट थिए । उनीहरुको बाहिरी धन्धामा अधिकारीले हस्तक्षेप गरी तथ्यपूर्ण समाचार मात्रै लेख्न निर्देशन दिंदा उनीहरु असन्तुष्ठ बनेका हुन् । अधिकारीले कडाइ गरेसँगै कुनै संवाददाताको महिनाको २ वटा मात्रै समाचार छापिएको स्रोत बताउँछ । समाचारमा जथाभावी रोकेपछि असन्तुष्ठ केही पत्रकारले श्रमजीवि पत्रकार ऐन कार्यान्वयन संघर्ष समितिको नाउँमा अधिकारी हटाऊ अभियान संचालन गरेका थिए ।

आन्दोलनको नेतृत्व पत्रकार महासंघका सचिब धर्मेन्द्र कर्णले गरेका छन्, जसको अंग्रेजी टन्सलेसन अर्थ न बर्थको भएको समाचार सम्पादक गजेन्द्र बुढाथोकीले अधिकारीलाई कम्प्लेन गरेपछि उनलाई राजनीतिक ब्यूरोमा सरुवा गरिएको थियो । कर्णलाई साथ दिनेमा दिनभर भक्तपुरको इँटा भट्टामा जागिर खाएर बेलुका मात्रै कार्यालय आउने प्रतिष्ठान शाखाका पूर्वअध्यक्ष लोकबहादुर चापागाईदेखि कृषि पत्रकार प्रतिष्ठानका उपाध्यक्ष समेत रहेका किरण आचार्यसम्म थिए ।

यसैबीच, व्यवस्थापनले उनीहरुलाई समाचारको न्यूनतम सीमा (मासिक २५) नपुगेको भन्दै स्पष्टिकरण सोधेको थियो । तर उनीहरुले प्रधान सम्पादक र प्रशासन विभाग प्रमुखबिरुद्ध सार्वजनिक रुपमै कुकुरको संज्ञा दिएर झगडा गर्दा पनि व्यवस्थापनले थप कारबाही गरेको थिएन । उनीहरुलाई न पत्रकार महासंघ प्रतिष्ठन शाखाको समर्थन रह्यो, न सामाचार शाखाका अधिकांशको नै । पत्रकारहरुको समर्थन नपाएपछि उनीहरुले गेटपाले, साइकल ब्वाइ, झाडू लगाउने लगायत २५ जनाको हस्ताक्षर गराएर व्यवस्थापनसमक्ष ज्ञापन पत्र बुझाएका थिए । प्रधान सम्पादक लगायत व्यवस्थापनले उनीहरुको मागका सम्बन्धमा दर्जनौंपटक वार्ता गर्दा समेत सफल हुन सकेको थिएन ।

पत्रिकामा काम गरेको २४० दिन पुगेको मितिदेखि लागू हुनेगरी स्थायी गरिनुपर्ने र सो अबधीको सबै सुविधा पाउनुपर्ने उनीहरुको प्रमुख माग पूरा गर्न कानुनी समस्या देखाउँदै व्यवस्थापन पछि हटेको थियो । तर, प्रधान सम्पादक अधिकारीको राजीनामासँगै आन्दोलन नाटकीय रुपमा तुहिएको छ । अमेरिका उड्न लागेका प्रवन्ध सम्पादक शिशीर भट्टसँगको एक बुँदे सहमति भन्दै उनीहरु काममा फर्केका छन् । माग पूरा नभए तालाबन्दी गर्ने धम्की दिँदै आएको पत्रकारहरुको समुहले मिडिया मालिकसँग मिलेर आन्दोलन तुहाएको कारोबारमा चर्चा छ । प्रधान सम्पादक डा.पुष्प अधिकारीलाई हटाउने आफ्नो माग नभएको बताएका आन्दोलनकारी उनले राजिनामा दिएपछि काममा फर्किएका छन् ।

सम्पादक अधिकारीले पछिल्लो समय बढेको न्यूनतम पारिश्रमिक तत्काल लागु गराएका थिए भने , कर्मचारी विनियमावली समेत ल्याइसकेका थिए । कारोबारको इतिहासमा ७ वर्षपछि पहिलोपटक ल्याइएको बिनियमावली श्रमजीवि पत्रकार ऐनअनुसार नै ल्याइए पनि त्यसमा आन्दोलनकारी सहमत भएनन् । सम्पादक अधिकारीलाई हटाउने नै उनीहरुको एकमात्र अभिष्ट रह्यो । आन्दोलनमा रहेका अधिकांशमाथी सम्पादक अधिकारीले काम नगरेको भनदै स्पष्टिकरण सोधेका व्यक्ति छन् ।

अधिकारीसँग आफुलाई सोधिएको स्पष्टिकरणको रिस फेर्न पत्रकार कसैको हतियार मात्र बनेपछि सम्पादक अधिकारी ८ महिनामै कारोबारबाट विदा भए । विनियमावली समेत आइसकेकाले त्यहाँ रहेका केही समस्या सुल्झाएर त्यो लागु गर्ने पक्षमा रहेको पत्रकार महासंघ कारोबार शाखा भने आन्दोलनमा थिएन । आन्दोलन कसको इन्ट्रेस्टमा ? अघिल्लो दिनसम्म तालाबन्दी गरिरहेका पत्रकार सम्पादकले राजिनामा घोषणा गरेको मिटिङमा भने सहभागि भए । सम्पादकले राजिनामा सुनाएपनि आफ्नो आन्दोलन माग पूरा नभएसमम नरोकिने भनदै मिटिङबाट आन्दोलनकारी बाहिरिएका थिए । तर, न भोलीपल्ट उनीहरुले राखेका कुनै माग सम्बोधन भयो, न तालाबन्दी नै ।

भोलीपल्ट आन्दोलन उसै तुहाएर मिटिङमा फर्केका आन्दोलनकारी भोलीपल्ट उसै ‘यु टर्न ’ भएको देखेर कारोबारका अन्य पत्रकारहरु भने आश्चर्यमा परेका छन् । उनीहरुको आन्दोलनमा सहभागि नहुनेहरुलाई मालिकपरस्तको आरोप लगाउँदै आएको यो समुह अन्ततः मागै पूरा नभई काममा फर्कन तयार भएपछि मालिककै निर्देशनमा आन्दोलन उठेको आशंका अरुहरुले गर्न थालेका छन् । माग पुरा नभएसम्म दैनिक ३ देखि ५ बसेसम्म धर्ना दिँदै आएका उनीहरुभित्रै पनि अहिले विभाजन शुरु भएको छ । करिब १ महिनाजस्तै चलेको आन्दोलन १ महिनामा समाधान नहुँदा आन्दोलनकारीबीच पनि फाटो सुरु भैसकेको छ ।

सम्झौतमा गएका कर्ण, चापागाइँ र आचार्यलाई व्यवस्थापनले आफ्नो प्रभावमा लिएको भन्दै चर्चा हुन थालेको छ भने आन्दोलनपछि नियमित कार्यालय ल्याइन थालेका गजेन्द्र बुढाथोकी स्वयं डा अधिकारीबाट कारबाहीमा परेका व्यक्ति हुन् ।

विवाद यस्तो थियो
अधिकारी सम्पादक भएर आएपछि कारोबारलाई व्यवस्थित गर्न उनले प्रयास गरे । कार्यालयलाई व्यवस्थित प्रणालीमा अघि बढाउन थालेपछि लेखा, रेभेन्युमा रहेकाहरुले ‘मह चाट्न’ नपाउने अवस्था बन्यो । श्रमजीवी पत्रकार ऐनअनुसार न्युनत १९५०० लागु गराएपछि व्यवस्थापन पनि उनीसँग विस्तारै चिढिँदे गएको थियो । जसको रिस फेर्न उनीहरु योजना बनाउँदै थिए ।

प्रकाशित मिति: Dec 12, 2016

प्रतिक्रिया दिनुहोस्