Logo
७ बैशाख २०८१, शुक्रबार
(December 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग एकतर्फी सुचारु

 

परासी, मंसिर   । नवलपरासीको बौलाहाखोलाको पुल भाँचिएर अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग एकतर्फी रुपमा सुचारु भएको छ ।
डाइभर्सन निर्माण गरी सवारी साधनलाई एकतर्फी रुपमा सुचारु गरिएको प्रहरीले जनाएको छ ।

बुटवल–नारायणगढ सडकमा पर्ने नवलपरासीको बौलाहाखोलाको पुल भाँसिँदा पूर्वपश्चिम राजमार्ग भएर चल्ने सवारी साधन बिहानैदेखि ठप्प भएका थिए । दलदलेमा रहेको उक्त पुललाई गएराति ट्रकले ठक्कर दिंदा भाँसिएको हो ।

आगमन बन्द भएपछि सयौं सवारी साधन र हजारौं यात्रुहरु अलपत्र परेका छन् । जसका कारण पुर्वबाट पश्चिम जाने सवारीसाधनहरु रजहर र पश्चिमबाट पूर्वजाने सवारीसाधनहरु प्रगतिनगरमा रोकिएका छन् ।

जिर्णअवस्थामा रहेको पुललाई ट्रकले छेउबाट ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजेनद्रप्रसाद चौधरीले सवारी सञ्चालनका लागि पुलको उत्तरतर्फबाट डाईभर्सन खोलिएको जानकारी दिए ।

त्यसैगरी दुई वर्षअघि भाँसिएको गैंडाकोटस्थित जय श्री पुल अहिलेसम्म मर्मत हुन नसक्दा बेलिव्रिजबाट एकतर्फि रुपमा सवारी साधन सञ्चालनहुँदै आएको छ ।

प्रकाशित मिति: Dec 11, 2016

प्रतिक्रिया दिनुहोस्