Logo
७ बैशाख २०८१, शुक्रबार
(December 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी र स्थानीयबीच तनाव: मोटरसाइकलमा आगजनी

काठमाडाैं, २६ मङि्सर । राजधानी काठमाडाैंको बाैद्ध नयाँ बस्तिमा प्रहरी र स्थानीयबीच ट्याक्सी चालको मृत्युको विषयलाई लिएर तनाव भएको छ ।  ट्याक्सी चालको शंकास्पद मृत्युको विषयमा स्थानीय प्रदर्शनमा उत्रिएपछि नियन्त्रणको प्रयास गर्दा प्रहरी-स्थानीयबीच तनाव भएको हो ।

आक्रोशित स्थानीयले एक मोटरसाइकलमा आगजनी गरेका छन् । शनिबार अचेत अवस्थामा भेटिएका दोलखा घर भएका, बाैद्ध नयाँबस्ती बस्ने ट्याक्सी चालक ३६ बर्षीय रामकुमार लामाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तर स्थानीयले उनको हत्या भएको भन्दै दोषी पक्राउ गर्न माग गरेर प्रदर्शन गरेका हुन् ।  लामाको शनिबार बेलुका मृत्यु भएको महानगरीय प्रहरी बृत्त बाैद्धले जानकारी दिएको छ । घटनाबारे छानविन भैरहेको प्रहरी भनाइ छ ।बाैद्धमा आक्रोशित स्थानीय र प्रहरीबीच तनाव जारी छ ।

प्रकाशित मिति: Dec 11, 2016

प्रतिक्रिया दिनुहोस्