Logo
७ बैशाख २०८१, शुक्रबार
(December 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठाकुरको अध्यक्षतामा प्रेस मञ्च गठन

जनकपुरधाम । प्रेस मञ्च नेपाल धनुषा शाखाको एक कार्यक्रमका बिच ३० सदस्यीय कार्यसमिति गठन गरिएको छ । प्रेस मञ्च नेपालको केन्द्रिय सह–संयोजक बिन्द किशोर साहको अध्यक्षता र सदभावना पार्टीको अध्यक्ष राजेन्द्र महतोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमबाट जयन्त ठाकुरको अध्यक्षतामा ३० सदस्यीय प्रेस मञ्च नेपाल धनुषाको कार्यसमिति गठन गरिएको हो ।

सोही कार्यक्रमबाट बटुकनाथ झालाई प्रेस मञ्चको केन्द्रिय प्रतिनिधिको रुपमा चयन गरिएको थियो । नवगठित कार्यसमितिको उपाध्यक्षमा मनोज सहनी र कुलदीप साह, सचिवमा पारसमणि शर्मा, सह–सचिवमा फुलगेन मुखिया, कोषाध्यक्षमा सोनी साहलाई चयन गरिएको थियो । त्यस्तै सदस्यहरुमा ललिता राउत, रेखा यादव, बुधेश्वर रजक, सुनिल साह, दीपक पाण्डे, मनिष साह, संजय मुखिया, सपना पाण्डे, अञ्जना मण्डल रहेका छन् ।

त्यस्तै अविनाश झा, राजेश ठाकुर, निभा झा, राजा झा, अतुल कर्ण, विजयलाल यादव, आनन्द कुमार दुबे, सौगात अधिकारी, सियाशरण महतो, सुनिता महतो, राम उदगार महतो, सुशिल कुमार साह, संतोष महतो, निलम साह, र सरोज साहलाई चयन गरिएको छ ।

प्रकाशित मिति: Dec 11, 2016

प्रतिक्रिया दिनुहोस्