Logo
८ बैशाख २०८१, शनिबार
(December 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फुटबल स्टेडियम नजिकै बमबारीः २९ को मृत्यु, १६० घाइते

बीबीसी ।  टर्कीको इस्तानबुलमा भएको दुई ठूला बमबारीमा कम्तीमा पनि २९ को मृत्यु भएको छ । मृत्यु हुनेमा धेरैजसो पुलिस अधिकारी भएको बीबीसीले बताएको छ । रिपोर्टका अनुसार १६० भन्दा बढि घाइते भएका छन् । पहिलो बमबारी एक फुटबल स्टेडियम बाहिर रहेको एक पुलिस बसलाई निशाना बनाएर गरिएको थियो ।

यो घटना टर्कीका दुई चर्चित फुटबल समूहबिच भएको खेलको एक घण्टापछि भएको हो । त्यसको केही समयपछि नजिकैको एक पार्कमा एक आत्मघाती बम बिस्फोट भएको थियो । दोस्रो घटना पछि गोलीबारीको आवाज सुनिएको थियो । टर्कीको गृहमन्त्रालयका अनुसार यी घटनामा संलग्न भएको आशंकामा १० जनालाई पक्राउ गरिएको छ ।

इस्तानबुलमा रहेका बीबीसी संवाददाता मार्क लोवेनका अनुसार यी हमलाका लागि कुर्दिश सैनिक र कथित स्लामिक स्टेट (आइएस) रहेको बताइएको छ ।

प्रकाशित मिति: Dec 11, 2016

प्रतिक्रिया दिनुहोस्